राष्ट्रपतिले मंगलवार यूपीको गोरखपुरमा पहिलो आयुष विविको लोकार्पण गर्ने
राष्ट्रपतिले मंगलवार यूपीको गोरखपुरमा पहिलो आयुष विविको लोकार्पण गर्ने


-आयुष विविमा चिकित्सा-शिक्षाबाट खोलिनेछ रोजगारको नयाँ द्वार

गोरखपुर, 30 जून (हि.स.)। भटहटको पिपरीमा स्थापित यूपीको पहिलो महायोगी गुरू गोरखनाथ आयुष विश्वविद्यालय आयुर्वेद समेत प्राचीन एवं परम्परागत आयुष विधाहरूको चिकित्सा तथा योसित सम्बन्धित शिक्षाको केन्द्र मात्र नभएर यसको माध्यमबाट रोजगारको नयाँ द्वार खोलिन गइरहेको छ। गोरखपुरमा मेडिकल टुरिज्म, औषधीय बोट-बिरूवाहरूको आयसर्जक खेतीको सम्भावनलाई धरातलमा लागू गर्नको लागि यो विश्वविद्यालय ठूलो भूमिका निर्वाह गर्न तयार भएको छ। आयुष विश्वविद्यालयको लोकार्पण मंगलवार (एक जुलाई) पूर्वान्ह देशकी प्रथम नागरिक राष्ट्रपति द्रोपदी मुर्मुले गर्नेछन्।

आयुष पद्धतिबाट चिकित्सा, शिक्षा औ मेडिकल टुरिज्मलाई प्रेरित गर्नको लागि प्रदेशको पहिलो आयुष विश्वविद्यालय मुख्यमन्त्री योगी आदित्यनाथको ड्रीम प्रोजेक्ट हो। यस विश्वविद्यालयको शिलान्यास 28 अगस्त, 2021-मा तत्कालीन राष्ट्रपति रामनाथ कोविंदले गरेका थिए भने अब यसको लोकार्पण राष्ट्रपति द्राैपदी मुर्मुले 01 जुलाई, 2025-मा गर्नेछन्। यो आयुष विश्वविद्यालय भटहट क्षेत्रको पिपरीमा 52 एकड़ क्षेत्रफलमा निर्मित छ जसको स्वीकृत लागत 267.50 करोड़ रुपियाँ छ।

उल्लेखनीय छ, विश्वविद्यालयको लोकार्पण मंगलवार भइरहेको भए पनि यहाँ आयुष ओपीडी 15 फरवरी, 2023-मै मुख्यमन्त्री योगी आदित्यनाथद्वारा शुरू गरिसकिएको छ। हिजोआज साँझ पनि ओपीडी संचालन भइरहेको छ। प्रतिदिन यहाँ आयुर्वेद, होम्योप्याथी औ यूनानीको ओपीडीमा लगभग 300 रोगीहरूले परामर्श लिन्छन्। ओपीडी शुरू भएदेखि यता लगभग सवा लाख मानिसहरूले आयुष चिकित्कहरूबाट परामर्श लिसकेका छन्। लोकार्पणपछि अस्पताल (आईपीडी, ओटी) शुरू हुनाले आयुष पद्धतिबाट उपचारको श्रेष्ठ सुविधा पनि उपलब्ध हुनेछ। आयुष विश्वविद्यालयमा 28 कटेजवाला उत्कृष्ट पञ्चकर्म पनि तयार भइसकेको छ। मानिसहरूलाई चाँड़ै नै पञ्चककर्म चिकित्साको सुविधा पनि उपलब्ध गराइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande