कसबाकाण्डमा पनि आरजी कर जस्तै लापरवाही, एफआईआरमा लेखिएको छैन आरोपीहरूको पूरा नाम
कसबाकाण्डमा पनि आरजी कर जस्तै लापरवाही, एफआईआरमा लेखिएको छैन आरोपीहरूको पूरा नाम


कोलकाता, 30 जून (हि.स.)। कोलकातास्थित एक ल कलेजमा छात्रासित भएको दुष्कर्म मामिलामा पुलिसको कारबाहीमाथि प्रश्न उठ्न थालेको छ। आरोपीहरूको सम्बन्ध सत्ताधारी तृणमूल छात्र परिषद (टीएमसीपी)-सित भए पनि एफआईआरमा उनीहरूको नामको सट्टा केवल एम, जे र पी जस्ता पहिलो अक्षर लेखिएको छ। यसबाट मामिलालाई लिएर राजनीतिक घमासान अनि कानूनी बहस तीव्र भएको छ।

दुष्कर्मको यस मामिलामा जुन तीन जना युवकहरूलाई आरोपी बताइएको छ उनीहरूको नाम क्रमैले मनोजीत मिश्रा, जैब अहमद औ प्रमित मुखोपाध्याय रहेको छ। तीनैको सम्बन्ध तृणमूल कांग्रेसको छात्र एकाई टीएमसीपीसित छ। यिनीहरूलाई पुलिसले पक्राउ पनि गरेको छ। तथापि एफआईआरमा उनीहरूको पूर्ण नाम लेखिएको छैन जसबाट यो सन्देह उत्पन्न भएको छ, पुलिसले सुनियोजित रूपमा यो कदम उठाएको हो ताकि राजनीतिक सम्बन्ध उजागार हुन सकोस्।

कलकत्ता हाईकोर्टका वरिष्ठ अधिवक्ता फिरदौस समिमले भने, यदि पीड़िताले आरोपीहरूको नाम स्पष्ट रूपमा बताएकी थिइन् भने एफआईआरमा केवल पहिलो अक्षर लेख्नु पूर्ण रूपले अनुचित हो। उनले भने यदि पीड़िताले आरोपीहरूलाई चिन्छन् भने उनीहरूको नाम एफआईआरमा नलेख्नु पुलिसको गम्भीर चूक हो। प्रारम्भिक जाँचमा पनि आरोपीहरूको पहिचान गर्न सहज थियो। यसबाट स्पष्ट हुन्छ, पुलिसले सुनियोजित रूपमा नाम लुकाएको हो।

माकपा नेता शतरूप घोषले भने,पुलिसको यस्तो कृत्य सुनियोचित षड़यन्त्र हो। उनले माग गरे, एफआईआरमा आरोपीहरूको पूरा नाम र अन्य आवश्यक विवरण दर्ता गर्नुपर्थ्यो।

भाजपा पार्षद सजल घोषले पनि आरोप लगाए, अक्षरहरू मात्र प्रयोग गरेर पुलिसले नियोजित रूपमा टीएमसीपीसित जोड़िएका आरोपीहरूको पहिचान लुकाएको छ।

उल्लेखनीय छ, राष्ट्रिय महिला आयोगकी सदस्य अर्चना मजुमदारको नेतृत्वमा आयोगको एक टीम गए आइतवार घटनास्थलमा पुगेर कलेज परिसरको निरीक्षण गऱ्यो। उनले पनि पुलिस प्रशासनको कार्यशैलीमाखि प्रश्न उठाएकी थिइन्।

चिन्ताको कुरा यहाँ के छ भने जसरी आरजी करकाण्डमा लापरवाही भएको थियो, त्यसरी नै पुलिसको भूमिका कसबा मामिलामा पनि सामु आइरहेको छ। यसबाट पुलिसको निष्पक्षता अनि गम्भीरतामाथि गम्भीर प्रश्न उठेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande