कोलकाता, 30 जून (हि.स.)। साउथ कोलकाताको कसबा ल कलेजमा एकजना छात्रासित भएको ग्यांगरेपको घटनापछि कलेजलाई अस्थायी रूपमा बन्द गरिएको छ। यस सम्पूर्ण मामिलामा कलेजकी उप-प्राचार्य नयना चट्टोपाध्याय र संचालन समितिका अध्यक्ष अशोक देवको भूमिकामाथि प्रश्न उठाउँदै मानवाधिकार संगठन एपीडीआरले उनीहरूलाई तत्काल निलम्बन, राजीनामा अनि निष्पक्ष जाँचको माग गरेको छ।
एपीडीआरका महासचिव रञ्जीत सूरद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, कलेज परिसरमा यस्तो गम्भीर आपराधिक कृत्य हुँदा पनि अहिलेसम्म उप-प्राचार्यलाई पदबाट किन अपदस्थ नगरेको बुझ्नै गाह्रो भइरहेको छ। संंगठनले स्पष्ट पाऱ्यो, नयना चट्टोपाध्यायलाई पदमा राखेर कलेजसित सम्बन्धित कुनै पनि प्रकारको कुकर्मको निष्पक्ष जाँच सम्भव छैन। यो कुरा संचालन समितिका अध्यक्ष अशोकदेवमाथि पनि लागू हुन्छ।
प्रेस विज्ञप्तिमा यो पनि आरोप लगाइयो, उप-प्राचार्य औ संचालन समितिका अध्यक्षले यदि अपराधीहरूसित कुनै प्रकारको साँठगाँठ नराखेको भए यसप्रकारको जघन्य घटना कलेज परिसरमा हुँदैनथ्यो। एपीडीआरको भनाइ छ, घटनाको पछाड़ि गहिरो साँठगाँठ छ र यसको लागि अपराधीहरूलाई मात्र नभएर प्रशासनिक पदमा बसेका जिम्मेवार मानिसहरूलाई पनि जवाफदेही ठहराउनुपर्छ।
एपीडीआरले राज्य सरकार र कलेज प्रशासनसित माग गरेको छ, नयना चट्टोपाध्यायलाई तत्काल सस्पेन्ड गरियोस् र उनीसँगसँगै अशोक देवको कार्यको पूर्ण जाँच गरियोस्, दोष साबित भयो भने उनलाई पनि कठोर सजाय दिइयोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा