हासनाबाद-सियालदह रेलखण्डमा रेल अवरोधबाट बाधित भयो रेल सेवा, वर्षालेे बेहाल यात्रीगण
हासनाबाद-सियालदह रेलखण्डमा रेल अवरोधबाट बाधित भयो रेल सेवा, वर्षालेे बेहाल यात्रीगण


कोलकाता, 30 जून (हि.स.)। सप्ताहको पहिलो कामकाजी दिन सोमवार बिहान कार्यस्थलमा जाने यात्रीहरूलाई अनेकौं समस्याहरूको सामना गर्नुपऱ्यो। उत्तर 24 परगनाको भासिला स्टेशनमा स्थानीय मानिसहरूले जीर्ण सड़क मार्गलाई मरम्मत गर्नुपर्ने मागमा रेल मार्गलाई जाम गरिदिए जसले गर्दा हासनाबाद-सियालदह रेलमार्गमा ट्रेनहरूको आवागमन घण्टौंसम्म बाधित रह्यो।

सोमवार बिहान लगभग 7.30 बजीदेखि भासिला स्टेशनमा स्थानीय मानिसहरू रेलवे ट्र्याकमा बसे। यी प्रदर्शनकारीहरूको भनाइ थियो, स्टेशनसम्म पुग्ने बाटोको अवस्था अत्यन्त सोचनीय भएको छ, बर्खामा झन् सड़कको अवस्था बेहाल हुन्छ फलस्वरूप प्रायःजसो नै दुर्घटना हुन्छ। उनीहरूको सिकायत छ, बाटोको समस्यालाई लिएर उनीहरूले धेरै पटक जिल्ला प्रशासन अनि रेलवेलाई अवगत गराइसकेका छन्, तर अहिलेसम्म समस्याको हल भएको छैन। अन्ततः उनीहरू रेल सेवा रोक्न बाध्य भएका छन्।

लगभग डेढ़ घण्टासम्म चलेको यस अवरोधको कारण केही लोकल ट्रेनहरू लाइनमा रोकिए जसले गर्दा यात्रीहरूलाई समस्याको सामना गर्नुपऱ्यो। लगभग सात बजे रेलवे अधिकारीहरू घटनास्थलमा पुगे अनि बातचित गरेपछि प्रदर्शनकारीहरू अवरोध हटाउन राजी भए। अधिकारीहरूले चाँड़ै नै समाधान गर्ने आश्वासन दिए।

हाल ट्रेन सेवा पुनः शुरू भए पनि सबै ट्रेनहरू निर्धारित समयभन्दा धेरै पछाड़ि चलिरहेका छन्। रेल विभागानुसार ट्रेनहरूको गतिलाई पनि मन्द गरिएको छ जसले गर्दा स्थिति सामान्य हुन समय लाग्नसक्छ।

अर्कोतिर निरन्तर परिरहेको पानीले शहरवासीहरू प्रभावित भएका छन्। सड़कहरूमा पानी भरिनको साथै मेट्रो सेवाहरू पनि प्रभावित भएका छन्। चाँदनी र सेन्ट्र स्टेशनबीच ट्र्याकमा पानी भरिएको कारणले मेट्रो सेवा आंशिक रूपमा बाधित रह्यो। अफिस जाने यात्रीहरूलाई वैकल्पिक साधनहरूको माध्यमबाट आफ्नो गन्तव्यसम्म पुग्न पऱ्यो। मेट्रो प्रबन्धनको भनाइ छ, जल निकासीको काम भइरहेको छ। तर सेवा पूर्ण रूपमा सामान्य कहिले हुन्छ त्यसबारे भने किटान गरेर भन्न सकिँदैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande