पश्चिम मेदिनीपुर, 30 जून (हि.स.)। जिल्लाको खड़गपुर शहरमा सोमवार बिहान एउटा अचम्भको घटना घट्यो जहाँ एकजना बुजुर्गलाई दिउँसै सड़कबीचमा फालेर कुटपिट गरेको आरोप तृणमूल कंग्रेसकी महिला नेता बेबी कोले अनि उनका सहयोगीहरूमाथि लागेको छ। हमलाको शिकार भएका व्यक्तिको नाम हो अनिल दास उपनाम भीम दा जो एक समयमा माकपासित जोड़िएका थिए भने हाल ‘हम बामपन्थी, खड़गपुर’ नामक संगठनसित आवद्ध छन्।
अनिल दासले आरोप लगाएका छन्, केही दिनपूर्व उनको छिमेकी दुर्गा साहुको घरको भित्ता भत्काइदिएको थियो साथै शौचालय बन्द गरिदिएको थियो। यसको विरोध उनले गरे अनि दुर्गा साहुलाई लिएर थाना पुगे जहाँ तृणमूल नेता बेबी कोलेविरूद्ध लिखित सिकायत दर्ता गराइयो। यसै सिकायतको प्रतिशोध लिनको लागि सोमवार उनीमाथि हमला गरियो।
अनिल दासको भनाइ छ, मलाई पहिला सड़कमा लड़ाएर चप्पलले कुटियो। ज्यान बचाउनको लागि नजिकैको रंग पसलमा पसेँ, त्यहाँ पनि रंगको बाल्टीले ममाथि प्रहार गरिन् अनि शरीरमा रंग फालिदिइन्। यस घटनालाई लिएर उनले खड़गपुर टाउन थानामा लिखित सिकायत दर्ता गराएका छन्। साथै उनले बेबी कोलेलाई पक्राउ गर्ने माग गरेका छन्।
घटनाको निन्दा तृणमूल कंग्रेसका वरिष्ठ नेता औ खड़गपुरका पूर्व विधायक प्रदीप सरकारले पनि गरेका छन्। उनले भने, यसकिसिमको घटनामाथि पुलिसले तत्काल कारबाही गर्नुपर्छ। यता भारतीय जनता पार्टीका जिल्लाध्यक्ष अरूप दासले भने, एकजना वरिष्ठ नागरिकसित यसप्रकारको बर्बरतालाई सहन गर्न सकिँंदन। हामी यसको कड़ा विरोध गर्दछौं।
घटनापछि तृणमूलको जिल्ला एकाई बेबी कोलेदेखि टाड़िएको छ। जिल्लाध्यक्ष सुजय हाजराले भने, बुजुर्ग अनिल दाससित जे भयो त्यो अत्यन्त निन्दनीय छ। बेबी कोले सहित घटनामा सामेल सबै आरोपीहरूविरूद्ध कड़ा कारबाही हुनुपर्छ। पार्टीले यस्तो व्यक्तिलाई समर्थन गर्दैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा