कछार (असम), 30 जून (हि.स.)। कछार जिल्लाको मधुरा क्षेत्रमा दुई जना युवकहरू पानीको तीव्र प्रवाह भएको नदीमा डुबे। दुईमध्ये एक जना युवकको मृत्यु भयो भने अर्को युवक बेपत्ता भएका छन् जसलाई खोज्ने कार्य जारी छ। घटना त्यसबेला भयो जतिबेला पाँच जना साथीहरू नदीमा नुहाइरहेका थिए।
पुलिस औ स्थानीय मानिसहरू अनुसार मधुराको दयादिशा क्षेत्रमा अवस्थित तीव्र प्रवाहको एक नदीमा गए आइतवार साँझ पाँच जना साथीहरू नुहाइरहेका थिए। नुहाउँदा-नुहाउँदै नहरू दत्त र राजदीप दास नामक दुईजना युवकहरूको खुट्टा चिप्लियो अनि नदीभित्र पसे।
घटनास्थलमा उपस्थित अन्य तीनजना साथीहरूको सूचनामा स्थानीय पुलिस तथा एसडीआरएपको टीम घटनास्थलमा पुगेर बचाउ कार्यमा जुट्यो। यस अवधि एकजनाको शव भेटियो भने दोस्रो युवकलाई अहिले पनि खोजिरहेको छ।
मृतक तथा बेपत्ता दुवै युवकहरू सिल्चरको कनकपुर क्षेत्रका निवासी रहेको बताइँदैछ। यस पीड़ादायी घटनाले क्षेत्रमा शोक फैलाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा