पूर्वी सिंहभूम, 30 जून (हि.स.)। शहरको सिदगोड़ा थाना क्षेत्र अन्तर्गत बारीडीह चौक नजिक त्यसबेला खैलाबैला भयो जतिबेला पुरानो होम्योप्याथी सेन्टर नजिक एक जना युवतीलाई अर्धनग्न अनि अचेत अवस्थामा भेटियो। स्थानीय मानिसहरूले तत्काल पुलिसलाई सूचना दिए। प्रत्यक्षदर्शीहरूको भनाइ छ, केही युवकहरूले दुष्कर्म गरेपछि उसलाई सड़कमा फालेर भागे।
सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि युवतीलाई अस्पतालमा भर्ती गरायो। हाल युवतीको मेडिकल परीक्षण भइरहेको छ। प्राथमिक जाँचमा थाहा लागे अनुसार मानसिक रूपमा बिमार युवती यस क्षेत्रमै घुमिरहन्थी। पुलिसले बतायो, मामिला अत्यन्त संवेदनशील छ। त्यसैले कुनै पनि निष्कर्षमा पुग्नअघि हरेक एंगलबाट जाँच गरिँदैछ।
पुलिसले वरपरका सीसीटीभी फुटेजको पनि जाँच गरिरहेको छ ताकि युवतीसित वास्तवमै भएको कुरा थाहा पाउन सकियोस्। पुलिस अनुसार दुष्कर्म भएको पुष्टि मेडिकल रिपोर्ट आएपछि मात्र हुनसक्छ। हाल युवती आफ्नो नाम-ठेगाना केही पनि बताउन सक्ने अवस्थामा छैन जसबाट उसको पहिचान तथा घटनाको परिस्थिति बुझ्नमा समस्या भइरहेको छ।
पुलिसको भनाइ छ, सम्पूर्ण मामिलाको जाँच गम्भीर रूपमा भइरहेको छ ताकि वास्तविकतालाई उजागार गर्न सकियोस्। यदि कसैले पनि उसित अमानवीय कृत्य गरेको छ भने सम्बन्धित व्यक्तिलाई छाड़िनेछैन।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा