बागपत, 30 जून (हि.स.)। उत्तर प्रदेशको बागपत जिल्लामा बागपत थाना पुलिसले एक लाखको इनामी बदमाशलाई मार्न सफल बनेको छ। बदमाशमाथि 15 भन्दा धेरै मामिला दर्ता गथियो। चार करोडको लूटपछि आरोपी बेपत्ता थिए।
एसटीएफ गौतमबुद्धनगरको सूचनामा बागपत पुलिसको संयुक्त टीमले बदमाश विरुद्ध कारबाही गऱ्यो। बदमाशको नाम सन्दिप पहलवान उर्फ सन्दिप लुहार हो। उनी रोहतक, हरियाणा निवासी थिए।
कानपुरमा चार करोडको लूट काण्डपछि बदमाश भागेका थिए। आरोपीमाथि एक लाख इनाम घोषित थियो। आइतवार राति पुलिस भिडन्तमा आरोपी सन्दिप गोली लागेर घाइते भए, जसपछि उनलाई जिल्ला अस्पतालमा भर्ती गरियो। तर, चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।
आरोपी सन्दिप विरुद्ध भिन्न भिन्नै थानामा हत्या, लूट र डकैती सम्बन्धित 16 मामिला दर्ता थियो। हालैमा सन्दिपले एउटा ट्रकलाई पनि लूटेको थियो। यस घटनापछि पुलिस बदमाशमा पछि लागेको थियो।
एसपी बागपत सूरज कुमार रायले भने, बदमाशबाट एउटा पेस्तोल सहित अन्य सामानहरू बरामद गरिएको छ। पुलिसले कानुन कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल