अन्तरराष्ट्रिय सहकारिता वर्ष 2025 लाई पालन गर्दै धोतरिया माध्यमिक विद्यालयमा जागरुकता कार्यक्रम सम्पन्न
अन्तरराष्ट्रिय सहकारिता वर्ष 2025 लाई पालन गर्दै धोतरिया माध्यमिक विद्यालयमा जागरुकता कार्यक्रम सम्पन्न


सोनादा, 30 जून (हि.स.)। अन्तरराष्ट्रिय सहकारिता वर्ष 2025 लाई पालन गर्दै धोतरिया माध्यमिक विद्यालयमा दार्जिलिङ जिल्ला सेन्ट्रल काे-ओपरेटिभ ब्याङ्क अनि काे-ओपरेटिभ डिपार्टमेन्टद्वारा एक जागरूकता कार्यक्रमको आयोजना गरियो।

यस कार्यक्रममा मुख्य अतिथि दिपक पासवान, डीजीएम नाबार्ड उपस्थित रहेका थिए। यसैगरी, शिव कुमार राई, डीजीएम काे-ओपरेटिभ ब्याङ्क, सरगम बराइली, डिस्ट्रिक इन्सट्रक्टर, काे-ओपरेटिभ डिपार्टमेन्ट, देवेनचन्द्र प्रधान, फिल्ड अफिसर, काे-ओपरेटिभ ब्याङ्कबाट उपस्थित थिए।

यस कार्यक्रममा काे-ओपरेटिभ साथै वृक्ष रोपण विषय जागरूक गराइयो। कार्यक्रममा नानीहरूको निम्ति खुल्ला हाजिरी जवाफ अनि तर्क प्रतियोगिता कार्यक्रम पनि सम्पन्न गरियो, जसमा विजयी नानीहरुलाई पुरस्कारसँगै प्रमाणपत्र वितरण गरियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande