धर्मगुरू दलाई लामाको 90औं जन्मदिनको उत्सव शुरू, 6 जुलाईसम्म जारी रहनेछ कार्यक्रम
Dalai Lama


धर्मशाला, 30 जून (हि.स.)। 14औं दलाई लामाको 90औं जन्मदिनलाई लिएर सोमवार बिहानदेखि म्याकलोडगञ्जको मुख्य बौद्ध मठ चुगलाखंगमा समारोह शुरू भएको छ। जन्मदिन समारोहको श्रृंखलामा अब एक सप्ताहसम्म विभिन्न कार्यक्रमहरूको आयोजना हुनेछ। ग्रेगोरियन क्यालेण्डर अनुसार दलाई लामाको जन्मदिन 6 जुलाईमा मनाइन्छ, तर तिब्बतती चन्द्र क्यालेण्डर अनुसार यो आज अर्थात 30 जूनमा पर्छ जसमा उनको जन्म पाँचौं महिनाको पाँचौं दिन मनाइन्छ।

समारोहको आयोजन डोमी प्रान्त (जसलाई आमदो प्रान्तको नामले चिनिन्छ)-का मूल निवासीहरूद्वारा गरिएको छ जो तिब्बतका तीन पारम्परिक क्षेत्रहरूमध्ये एक हो र दलाई लामाको जन्मस्थान पनि हो। यो समारोह एक सप्ताहसम्म अर्थात आगामी 6 जुलाईसम्म यथावत रहने र यसको प्रबन्धन केन्द्रिय तिब्बती प्रशासनद्वारा गरिँदैछ। तथापि आजको समारोहमा डोमी समुदायद्वारा निजी रूपमा आयोजना गरिएको थियो।

सोमवार बिहान धर्मगुरु दलाई लामा आफ्नो आवासबाट गोल्फ कोर्टस्थित मन्दिरमा पुगे जहाँ जन्मदिनको शुभकामना दिनका लागि अनुयायीहरू पंक्तिबद्ध भएर बसेका थिए। उनी मन्दिरमा पुग्दा मन्दिर परिसर खचाखच भीड़ले भरिएको थियो।

कलाकारहरूले पारम्परिक नृत्य र गीत प्रस्तुत गरे भने दलाई लामाको लामा आयुको लागि प्रार्थना पनि गरियो। तिब्बती स्वतन्त्रता संग्रामका कार्यकर्ताहरूले पनि सभालाई सम्बोधन गरे अनि तिब्बतमा भइरहेको आन्दोलन र चीनीयाँ अत्याचारहरूमाथि प्रकाश पारे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande