कानून छात्रासित ग्याङ्गरेपको षड़यन्त्र पहिला नै रचिएको थियोः कोलकाता पुलिस
कानून छात्रासित ग्याङ्गरेपको षड़यन्त्र पहिला नै रचिएको थियोः कोलकाता पुलिस


कोलकाता, 30 जून (हि.स.)। दक्षिण कोलकाता ल कलेजकी एकजना छात्रासित भएको ग्याङ्गरेपको मामिलामा पुलिसको जाँचमा चकित पार्ने खुलासा भएको छ। कोलकाता पुलिसले बताएको छ, पक्र पर्ने आरोपीहरूमध्ये तीनजनाले पहिला नै यस अपराधको योजना बनाएका थिए जसको निम्ति पीड़ितालाई लामो समयदेखिकै टार्गेट बनाइएको थियो।

नौ सदस्यीय विशेष जाँच दल (एसआईटी)-ले गरिरहेको जाँचमा सामु आएको छ, तीनैजना मुख्य आरोपीहरू क्रमैले मनोजीत मिश्रा, प्रतिम मुखर्जी औ जैद अहमद पहिला पनि कलेजका अन्य छात्राहरूसित भएको यौन उत्पीड़नका घटनाहरूमा संलिप्त रहेका छन्। यी तीनमध्ये एकजना सोही कलेजका पूर्व छात्र हो भने दुईजना वर्तमान छात्रहरू हुन्। चौथो आरोपी कलेजको सुरक्षा गार्ड हो।

पुलिस अधिकारीहरू अनुसार यी तीनै आरोपीहरूले मोबाइल फोनमा आपत्तिजनक भीडियो रेकर्ड गर्थे अनि पछि पीड़िताहरूलाई ब्ल्याकमेल गर्नको लागि ती भीडियोहरू प्रयोग गर्थे। एकजना अधिकारीले बताए, यो सम्पूर्ण मामिला सुनियोजित थियो। आरोपीहरूले लामो समयदेखिकै पीड़ितामाथि नजर राख्दै आइरहेका थिए। कलेजमा प्रवेश लिएको पहिलो दिनदेखि नै मुख्य आरोपीहरूले उसलाई टारगेट गर्न शुरू गरेका थिए।

कोलकाता पुलिसले ती मोबाइल भीडियोहरू खोजिरहेको छ जसलाई आरोपीहरूले शुट गरेका थिए। आइतवार प्रतिम मुखर्जी र जैद अहमदको घरमा छापामारी गरियो। पुलिसलाई सन्देह लागेको छ, आरोपीहरूले 25 जूनमा भएको घटनाको भीडियो क्लिप रेकर्ड गरे अनि त्यसलाई साझा पनि गरे।

पुलिस अधिकारीले बताए, हामी यो पत्तो लगाउने चेष्टा गरिरहेका छौं कि त्यो क्लिपलाई कुनै अन्य ग्रुप वा व्यक्तिसित साझा गरिएको थियो। यदि यस्तो हो भने उनीहरूलाई पनि जाँचबुझ गरिनेछ।

एसआईटीले एउटा सूची बनाएको छ जसमा 25भन्दा अधिक मानिसहरूको नाम छ जो 25 जूनको साँझ दक्षिण कोलकाताको ल कलेजमा उपस्थित थिए। अधिकारीले बताए, यिनीहरू सबैसित जाँचबुझ गरिनेछ ताकि यो जान्न सकियोस् कि उनीहरूले त्यस साँझ के देखेका थिए।

स्मरण गराइन्छ, पीड़िताले तीनैजना आरोपीहरूमाथि ग्यांगरेपको आरोप लगाएकी छन्। यो घटना कोलकाताको कसबा क्षेत्रस्थित दक्षिण कोलकाता ल कलेज परिसरमा भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande