जंगपानामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न
जंगपानामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न


खरसाङ, 30 जून (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा जंगपाना शाखा र हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन जंगपाना शाखा साथै जंगपानाका तीनवटा समाज मिलेर आज नि:शुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरियो। भागोप्रमो, ट्रेड युनियन र जंगपाना चियाबारीका तीनवटा समाज आदर्श परिवार, प्रगति संघ र जागृति परिवारको संयुक्त आयोजनामा तथा यङ्ग फिट वेलनेस सिलगढीको तत्वावधानमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको बताइएको छ।

यस शिविरमा विभिन्न रोगहरुको जाँच गर्नुका साथै दबाईहरु पनि वितरण गरियो। स्वास्थ्य जाँच शिविरमा नागाल्याण्डका डाक्टर गौरव थापाले सागर गजमेर र बिनिता तामाङको सहयोगमा मानिसहरूको स्वास्थ्य जॉंच गरे। शिविरमा जंगपाना क्षेत्रका 77 जनाले आफ्नो स्वास्थ्य जाँच गराए। शिविर राति 8:30 बजीसम्म चलेको थियो।

हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङले शिविरको लागि डाक्टर साथै बिनिता तामाङलाई भागोप्रमो, ट्रेड युनियन र तीनवटा समाजको तर्फबाट धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande