ढकुवाखानामा कंग्रेसको धरना-प्रदर्शन
ढकुवाखानामा कंग्रेसको धरना-प्रदर्शन


लखिमपुर (असम), 30 जून (हि.स.)। गौ-पालन योजनाको नाममा कथित रूपमा सरकारी ढिकुटी रित्याएको अनि भाजपा सरकारमा मन्त्री तथा विधायकहरूको कथित भ्रष्टाचारको विरोधमा सोमवार ढकुवाखानामा कंग्रेसको पक्षबाट प्रदर्शन गरियो। यो विरोध प्रदर्शन घिलामारा ब्लक कंग्रेस समिति औ ढकुवाखाना ब्लक कांग्रेस समितिको संयुक्त तत्वावधानमा आयोजना गरिएको थियो। असम प्रदेश कंग्रेस समितिको निर्देशानुसार गरिएको यस विरोध कार्यक्रमा दुवै ब्लकका सयकड़ौं कार्यकर्ता अनि नेताहरू सामेल भए।

प्रदर्शनमा घिलामारा ब्लक कंग्रेसका अध्यक्ष सुभाष दिहिंगिया, ढकुवाखाना ब्लक कंग्रेस अध्यक्ष सत्य चमुआ, लखिमपुर जिल्ला कंग्रेसका वरिष्ठ नेता भोगेश्वर लागाछु, जिल्ला कंग्रेस सचिव कुशल खनिकर, घिलामारा ब्लकका प्रशासनिक सचिव हेमन्त कुमार बरुवा, युवा अध्यक्ष देवजीत हजारिका, महिला कंग्रेस अध्यक्ष पापोरी चेतिया, युवा कंग्रेसका प्रशासनिक सचिव प्रियमब्रत भराली, नेता राकेश पेगु, शरत पातिर, जगत फुकन समेत धेरैजना नेताहरू सहभागी भए।

प्रदर्शनकारीहरूले राज्य सरकारको विरोधमा नाराबाजी गरे। उनीहरूले सरकारमाथि आरोप लगाए, सरकारको संरक्षणमा गौरक्षाको नाममा व्यापक रूपमा वित्तीय अनियमितता भयो जसमा मन्त्री जयन्त मल्लबरूवाको प्रत्यक्ष भूमिका छ। कंग्रेसले माग गऱ्यो, उनलाई तत्कालै मन्त्रीमण्डलबाट हटाएर कानूनी कारबाही गरियोस् अनि सबै दोषहरूको लागि सजाय दिइयोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande