सिंगेल चियाबारीमा प्रस्तावित बुद्ध पार्कको लागि पचास हजार सहयोग प्रदान
सिंगेल चियाबारीमा प्रस्तावित बुद्ध पार्कको लागि पचास हजार सहयोग प्रदान


खरसाङ, 30 जून (हि.स.)। खरसाङको सिंगेल चियाबारीमा निर्माण हुन लागेको बुद्ध पार्कको लागि अन्तरराष्ट्रिय बुद्धिस्ट सङ्गठनकी सदस्या निरा लोप्चनले 50,000 (पचास हजार) रुपियाँको‌ सहयोग प्रदान गरेकी छन्। सिंगेल चियाबारीमा बुद्ध पार्क निर्माण कार्यको निम्ति हाल सिंगेल चियाबगान अन्तर्गत चारधुरा नजिक ढडेनमा बुद्धिस्ट माइनोरिटी वेलफेयर एसोसिएसनले पहल गरिरहेको छ।

उक्त बुद्ध पार्क भ्रमण गरेर अन्तरराष्ट्रिय बुद्धिस्ट संगठनकी सदस्या निरा लोप्चले निर्माण कमिटीलाई पचास हजार रूपियाँ दिने वचन दिएकी थिइन्। आफ्नो वचन अनुसार उनले कमिटीलाई सहयोग राशि प्रदान गरेकी छन्। उनले आगामी दिनमा पनि सहयोग गर्ने वचन दिएकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande