सिलगढ़ी, 04 जून (हि. स.)। सिलगढ़ी महकुमाको फाँसीदेवामा टिस्टा हाइडल प्रोजेक्टको लक गेटमा एकजना व्यक्तिको शव भेटिएको छ।
प्राप्त जानकारी अनुसार बुधवार टिस्टा हाइडल प्रोजेक्टको ड्यूटीमा तैनाथ सुरक्षा गार्डले पानीमा एउटा शवलाई देखे। फाँसीदेवा थानाको पुलिसलाई घटनाको सूचना दिइयो। पुलिसले घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लियो अनि पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो।
पुलिसले शंका व्यक्त गरेको छ, केही दिनअघि टिस्टामा भएको कार दुर्घटनामा परी मृत्यु भएका मानिसहरूमध्ये कसैको शव हुनसक्छ। फाँसीदेवा थानाको पुलिस उक्त व्यक्तिको पहिचान गर्न जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा