शहरमा व्याप्त जल संकटको विरोधमा माकपाले बोरो कार्यालय घेराउ गऱ्यो
शहरमा व्याप्त जल संकटको विरोधमा माकपाले बोरो कार्यालय घेराउ गऱ्यो


सिलगढ़ी, 04 जून (हि.स.)। शहरमा अहिलेघरि पिउने पानीको ठूलो अभाव व्याप्त भएको छ। यसको विरोधमा माकपा, सिलगढ़ी दुई नम्बर एरिया कमिटीले बुधवार बोरो कार्यालय घेराउ गऱ्यो। यस अवधि माकपा कार्यकर्ता अनि समर्थकहरू आम मानिसहरू सहित ऱ्यालीको माध्यमबाट प्रदर्शनमा सामेल भए। प्रदर्शनकारीहरूहामीलाईपानी चाहिन्छ, पानी देऊ जस्ता नाराबाजी गर्दै दुई नम्बर बोरो कार्यालयमा पुगे अनि व्यापक प्रदर्शन गरे।

माकपा कार्यकर्ताहरूले आरोप लगाए, सिलगढ़ीका मानिसहरू लामो समयदेखिकै पिउने पानीको समस्यासित जुझ्दै आइरहेका छन्।नगरनिगमले अहिलेसम्म स्थायी समाधान गर्न सकेको छैन। सिलगढ़ी नगरनिगमको विफलताको कारणले आम मानिसहरूलाई दिनहुँ समस्याको सामना गर्न परिरहेको छ। माकपा नेताहरूले भने, यदि समस्या चाँड़ै समाधान भएन भने व्यापक आन्दोलन गरिनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande