कंग्रेसले उपचुनाउको लागि जारी गऱ्यो स्टार प्रचारकहरूको सूची
कंग्रेसले उपचुनाउको लागि जारी गऱ्यो स्टार प्रचारकहरूको सूची


कोलकाता, 04 जून (हि. स.)। कालीगञ्ज उपचुनाउलाई ध्यानमा राखेर कंग्रेसले बुधवार आफ्ना स्टार प्रचारकहरूको सूची जारr गऱ्यो जसमा 34 जना नेताहरूको नाम सामेल गरिएको छ। तथापि सूचीमा पूर्व विधायक शंकर मालाकारकको नाम छैन। पार्टी सूत्र अनुसार शुरुआतमा उनको नाम प्रस्तावित थियो।

कंग्रेसद्वारा जारी स्टार प्रचारकहरूको सूचीमा अधीर रञ्जन चौधरी, गुलाम अहमद मीर, दीपा दासमुन्शी जस्ता नामहरू सामेल छन् भने शंकर मालाकारलाई हटाइएपछि उनको स्थानमा युवा नेता रोहन मित्रालाई सूचीमा स्थान दिइएको छ।

सूत्र अनुसार शंकर मालाकार तृणमूल कंग्रेसमा सामेल हुने सम्भावना लगभग तय मानिँदैछ। यसै कारणले उनलाई अन्तिम सूचीबाट हटाइयो। बुधवार अपरान्ह उनले तृणमूलको झण्डा समात्न सक्छन्। पार्टीद्वारा हाल यस सम्बन्धमा कुनै आधिकारिक बयान अहिलेसम्म जारी गरिएको छैन, तर राजनीतिक गल्लीहरूमा यो चर्चा चुलिएको छ कि शंकर मालाकारलाई तृणमूलले आगामी वर्ष 2026- को विधानसभा चुनाउमा माटीगाड़ा-नक्सलबाड़ी सीटबाट उम्मेद्वार बनाउनसक्छ।

स्मरण गराइन्छ, शंकर मालाकार बंगाल कंग्रेसका एक चिर-परिचित अनुहार हो। 70 वर्षीय मालाकार वर्ष 2022देखि 2021 लगातार दुई पटक माटीगाड़ा-नक्सलबाड़ी सीटबाट कंग्रेस विधायक रहिसकेका छन्। अनुसूचित जाति समुदायमा उनको विशेष प्रभाव रहेको छ। उनको नेतृत्वमा उत्तर बंगालमा 70 कंग्रेस संगठनहरू अहिलेसम्म सृदृढ़ अवस्थामा थियो। अब शंकर मालाकार तृणमूलमा सामेल हुनाले उत्तर बंगालमा कंग्रेसलाई ठूलो झट्का लाग्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande