कोलकाता, 04 जून (हि. स.)। पश्चिम बंगालमा कोरोना संक्रमण फेरि द्रूत गतिमा फैलिरहेको छ। स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा बुधवार जारी आँकड़ा अनुसार राज्यमा बितेको 24 घण्टाभित्रमा कोभिड-19 को 60 वटा नयाँ मामिला प्रकाशमा आएको छ। यसबाट राज्यमा मोठ सक्रिय मामिलाहरूको संख्या 432 पुगेको छ।
स्वास्थ्य मन्त्रालयले बतायो, यसै अवधिभरिमा 28 जना रोगीहरू पूर्ण रूपले स्वस्थ भएको पुष्टि गरिएको छ। तथापि राहतको कुरा के छ भने यस अवधि मृतकहरूको संख्या बढ़ेको छैन। मृतकको संख्या अहिले पनि एक नै रहेको छ।
उल्लेखनीय छ, एक दिनअघि कोलकाता निवासी एकजना कोरोना रोगीको मृत्यु भएको थियो। यो बंगालमा कोरोनाबाट भएको यस वर्षको पहिलो मृत्यु हो। द्रूत गतिमा बढ़्दो संक्रमण अनि यस मृत्युको कारणले फेरि एकपटक यस महामारीलाई लिएर डर व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा