सिलगढ़ी, 04 जून (हि. स.)। शहरको सेवक रोडस्थित प्लानेट मलमा बुधवार बिहान आगो लाग्यो। घटनाको कारणले मलभित्र कोकोहोलो मच्चियो। आगो प्लानेट मलभित्र रहेको बारमा लागेको थियो। घटनाको सूचना दमकल अनि पुलिसलाई दिइयो।
सूचना पाएर दमकलको इञ्जन घटनास्थलमा पुग्यो। घण्टौं परिश्रम गरेर दमकलकर्मीहरूले आगोलाई नियन्त्रण गरे। घटना घट्दा मलमा ग्राहक अनि स्टाफ कोही पनि उपस्थित थिएनन् जसले गर्दा कुनै प्रकारको जनहानि भएको समाचार छैन। प्रारम्भिक जाँचमा आगलागी शर्ट सर्किटको कारणले भएको मानिँदैछ। पुलिस अनि दमकल विभागले जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा