गोलाघाट (असम), 4 जून (हि.स.)। असमको खुमटाई क्षेत्रमा आठुकड़ा चौरस्ता नजिकै अवस्थित चुलाइ घाटीमा एकजना युवकको हत्या गरी शवलाई दफन गरेको मामिलाका मुख्य आरोपी जितन गोगोलाई पुलिसले पक्राउ गरेको छ। यो मामिला गत 28 अप्रेलमा सामु आएको थियो। चुलाई घाटीको मालिक मिनाई गोगोई र उनको परिवारले कान्छा नामक युवकको हत्या गरी शवलाई जमीनमा दफ्नाएको शंका गहिरिएपछि यो मामिला प्रकाशमा आएको थियो।
खुमटाई पुलिसले गए राती बोकाखात क्षेत्रबाट जितन गोगोईलाई हिरासतमा लियो। हत्याको मामिला उजागार भएदेखि नै आरोपी भागेको थियो।
चाखलाग्दो कुरा यहाँ के छ भने मीडिया सामु जितन गोगोईले हत्याको आरोपलाई अस्वीकार गरेका छन्। गोगोईले दाबी गरेका छन्, सम्बन्धित युवकको मृत्यु रोगको कारणले भएको थियो। हाल पुलिसले आरोपी जितनलाई न्यायिक हिरासतमा पठाएको जानकारी दिएको छ। मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा