अणुव्रत मण्डललाई हेर्न जानेछन् काजल शेख, तर विवादित अडियोलाई लिएर मौन बस्ने छैनन् तृणमूल नेता
अणुव्रत मण्डललाई हेर्न जानेछन् काजल शेख, तर विवादित अडियोलाई लिएर मौन बस्ने छैनन् तृणमूल नेता


कोलकाता, 04 जून (हि. स.)। तृणमूल कंग्रेसका वरिष्ठ नेता औं बंगला राजनीतिमा विवादहरूले घेरिएका बीरभूमका बाघ- को नाममा प्रसिद्ध अणुव्रत मण्डल फेरि एकपटक चर्चामा आएका छन्। पुलिस अधिकारीलाई गाली गरेको आरोप अनि भाइरल अडियो क्लिपपछि एकातिर उनीमाथि मामिला दर्ता भएको छ भने अर्कोतिर आफूलाई अस्वस्थ्य बताउँदै पुलिसको समनदेखि बचिरहेका छन्। यसबीच उनीहरूकै पार्टी नेता काजल शेखले उनलाई हेर्न जाने बताएर राजनीतिक जगतमा चर्चालाई तीव्रता दिएका छन्।

यद्यपि काजल शेखलाई अणुव्रत विरोधी मानिएको भए पनि उनले यस सम्पूर्ण विवादमा संयम अप्नाएका छन्। उनले मीडियासित बातचित गर्दै भने, बीरभूम पुलिससित सम्बन्धित सिकायत अहिलेसम्म मलाई प्राप्त भएको छैन। जाँच भइरहेको छ, त्यसैले अहिले केही भनीहाल्न उचित हुनेछैन। पार्टी नै सर्वोपरि हो। पार्टीले जे फसेला लिन्छ हामीलाई स्वीकार्य छ।

के तपाई अणुव्रत मण्डलसित भेट गर्न जानु हुनेछ भनी सोधिएको प्रश्नमा काजल शेखले बुधवार भने, फोन गरेर उनको स्वास्थ्य बारे जानकारी लिनेछु। समय पायो भने व्यक्तिगत रूपमा भेट गर्ने प्रयास गर्नेछु। उनले यो पनि स्पष्ट पारे, अहिलेघरि उनी धेरै व्यस्त छन्।

ज्ञात् रहोस्, बोलपुर थानाका प्रभारी अधिकारी लिटन हालदारलाी गाली गरेको आरोप अणुब्रत मण्डलमाथि लागेको छ। यस सम्पूर्ण विवादको शुरूआत एक अडियो क्लिपको भाइरल भएपछि भएको हो जसमा कथित रूपमा मण्डललाई अशोभनीय भाषामा पुलिस अधिकारीसित कुरा गर्दै गरेको सुन्न सकिन्छ। यसै आधारमा उनीविरूद्ध एफाईआर दर्ता गरिएको छ। उनी विरूद्ध चार वटा धाराहरूमा मामिला दर्ता भएको छ जसमा दुईवटा मामिला गैर-जमानती रहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande