राज्य पुलिस प्रमुख राजीव कुमारलाई सूचना प्रौद्योगिकी विभागको अतिरिक्त सचिवको पदबाट हटाइयो
राज्य पुलिस प्रमुख राजीव कुमारलाई सूचना प्रौद्योगिकी विभागको अतिरिक्त सचिवको पदबाट हटाइयो


कोलकाता, 03 जून (हि. स.)। पश्चिम बंगाल सरकारले एक महत्वपूर्ण प्रशासनिक फेरबदल गर्दै आईपीएस अधिकारी तथा राज्य पुलिसका कार्यवाहक महानिदेशक (डीजी) राजीव कुमारलाई सूचना प्रौद्योगिकी एवं इलेक्ट्रनिक्स विभागको अतिरिक्त सचिव पदबाट अपदस्थ गरेको छ। अब उनी पुलिस विभागमा आफ्नो वर्तमान पदमा मात्र पदस्थ रहनेछन्। यस निर्णयलाई राज्यपालको अनुमतिपछि अन्तिम रूप दिइएको छ। गए मंगलवार राती यस सन्दर्भमा अधिसूचना जारी गरिएको छ।

सरकारले राजीव कुमारको स्थानमा यस पदको जिम्मेवारी वरिष्ठ आईएएस अधिकारी अनुप कुमार अग्रवाललाई सुम्पिएको छ। आईटी विभागमा अतिरिक्त सचिवको यो पद प्रशासनिक दृष्टिले सदैव आईएएस अधिकारीहरूको लागि 'क्याडर पोस्ट' मान्दै आइरहेको छ। त्यसैले यसलाई पुनः आईएएस अधिकारीलाई सुम्पिइनुलाई प्रशासनिक सन्तुलनको दिशामा एक महत्वपूर्ण कदम मानिँदैछ।

राजीव कुमार 1989 ब्याचको पश्चिम बंगाल क्याडरका आईपीएस अधिकारी हुन्। उनलाई वर्ष 2023- को दिसम्बर महिनामा राज्य पुलिस महानिदेशकको जिम्मेवारी सुम्पिइएको थियो। तथापि लोकसभा चुनाउको घोषणा गरिएपछि निर्वाचन आयोगले उनलाई डीजीको पदबाट अपदस्थ गरेको थियो, तर चुनाउ समाप्त हुनसाथ राज्य सरकारले उनलाई फेरि सोही पदमा बहाल गरेको थियो।

अब अनुप कुमार अग्रवाललाई यो पद सुम्पिनाले के स्पष्ट भएको छ भने सरकार प्रशासनिक पदहरूलाई मूल क्याडरका अधिकारीहरू अनुसार नै व्यवस्थित गर्न चाहन्छ। राजीव कुमारले अब केवल राज्य पुलिसका प्रमुखको रूपमा आफ्नो सेवा प्रदान गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande