कोलकाता, 04 जून (हि. स.)। बोलपुर थानाका पूर्व आईसी लिटन हालदार औं तृणमूल नेता अणुव्रत मण्डलबीच वाइरल भएको आपत्तिजनक अडियो क्लिपलाई लिएर पश्चिम बंगालको राजनीतिमा कोकोहोलो मच्चिएको छ। यसै विवादसित सम्बन्धित अर्को एउटा घटनाक्रममा बुधवार तृणमूल छात्र परिषदका निलम्बित बीरभूम जिल्लाध्यक्ष विक्रमजीत साव सिउड़ी थानामा उपस्थित भए।
पुलिस सूत्र अनुसार उनलाई बिहान 10:00 बजी थानामा उपस्थित हुने नोटिस दिइएको थियो, तर उनी निर्धारित समयभन्दा अगावै बिहान 6:00 देखि 6:30 बजीबीच थानामा पुगे। लगभग एक घण्टासम्म उनलाई जाँचबुझ गरियो। जाँचबुझको विषय मुख्य रूपमा त्यस बयानसित जोड़िएको थियो जसमा उनले अणुव्रत मण्डलको समर्थनमा पुलिस विरूद्ध चर्को आरोप लगाएका थिए।
यो सम्पूर्ण विवाद त्यसबेला शुरू भएको हो जतिबेला बोलपुर थानाका तत्कालीन आईसी लिडन हालदार र तृणमूल नेता अणुव्रत मण्डलबीच कथित रूपमा आपत्तिजनक बातचित भएको अडियो सार्वजनिक भयो। त्यसपछि पार्टीको निम्ति समस्या बढ़्यो साथै विपक्षलाई औंला उठाउने अवसर प्राप्त भयो।
यसै सन्दर्भमा विक्रमजीत साउले सोशल मीडियामा लिटन हालदारलाई सोझै चुनौती दिँदै लेखेका थिए, लिटन हालदार नाम लिएर बोलिरहेको छु, यदि दम छ भने अणुव्रत मण्डल र तृणमूल छात्र परिषदको नाममा एफआईआर गरेर देखाऊ। तिमी आफूलाई थाहा छ, तिमी भ्रष्ट छौं। मसित धेरैवटा प्रमाणहरू छन्। यदि तिमी रूखको हाँगामा हिँड़छौं भने हामी नसा-नाड़ीमा हिँड़छौं।
यस्तो विवादित टिप्पणी सार्वजनिक भएपछि पार्टीले कड़ा कदम उठाउँदै विक्रमजीतलाई 6 वर्षको निम्ति पार्टीबाट निलम्बन गरिदिएको थियो। यसै अवधि पुलिसले उनलाई नोटिस जारी गरेर बुधवार जाँचबुझको निम्ति थाना बोलाएको थियो।
तथापि सिउड़ी थानाद्वारा अहिलेसम्म यस सम्बन्धमा कुनै आधिकारिक बयान जारी गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा