महिलाको ब्याग थुतियो, मच्चियो खैलाबैला
महिलाको ब्याग थुतियो, मच्चियो खैलाबैला


सिलगढ़ी, 04 जून (हि.स.)। सिलगढ़ी संलग्न उत्तरकन्या मोड़मा उपद्रवीहरूले महिलाको ब्याग थुतेर भागेको घटनाले क्षेत्रमा खैलाबैला मच्चायो। पीड़िताको नाम बसन्ती मण्डल हो।

सूत्र अनुसार महिला गए मंगलवार राति टोटो मार्फत सिलगढ़ीदेखि फुलबाड़ी फर्किरहेकी थिइन्। अचानक उत्तरकन्या नजिक बाइक सवार दुईजना उपद्रवीहरूले टोटोमा सवार महिलाको ब्याग थुतेर भागे। ब्याग थुत्नसाथ महिला चिच्याउन थालिन्। महिलाको चित्कार सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगे, तर त्यस बेलासम्ममा उपद्रवीहरू भागिसकेका थिए।

पीड़त महिला बसन्ती मण्डलले बताइन्, टोटोमा सवार भएर तिनी घर फर्किरहेकी थिइन्। अचानक बाइक सवार दुई जना उपद्रवीहरू आए अनि मेरो ब्याग थुतेर भागे। ब्यागमा नगद रुपियाँ, मोबाइल फोन लगायत अन्य आवश्यक दस्तावेजहरू थिए। मामिलाको सूचना पाएर एनजेपी थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिको जायजा लिएपछि उपद्रवीहरूलाई खोज्न शुरू गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande