मुख्यमन्त्रीले मंगन जिल्लामा उद्धार एवं राहत कार्यहरूलाई तीव्र बनाउन दिए निर्देश
मुख्यमन्त्रीले मंगन जिल्लामा उद्धार एवं राहत कार्यहरूलाई तीव्र बनाउन दिए निर्देश


गान्तोक, 04 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मंगन जिल्लामा उत्पन्न गम्भीर परिस्थितिको मूल्याङ्कन गर्न मुख्य सचिव लगायत योजना तथा भूमि एवं राजस्व विभागका वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय आपतकालीन बैठकको अध्यक्षता गरे।

मुख्यमन्त्रीले जीवन र जीविकोपार्जनमा परेको प्रभावप्रति गहिरो चिन्तित व्यक्त गर्दै एनडीआरएफ, एसडीआरएफ, बीआरओ, टास र अन्य सबै सम्बन्धित निकायहरूसँग नजिकको समन्वयमा उद्धार र राहत कार्यलाई तुरुन्तै तीव्र पार्न निर्देशन दिए। उनले खॉंचोमा परेकाहरूलाई अविलम्ब सहयोग पुर्‍याउन हरसम्भव प्रयास भइरहेको बताएका छन्।

मुख्यमन्त्रीले संकटको यस घडीमा सबै बासिन्दा र पर्यटकहरूलाई शान्त रहन र नडराउन हार्दिक अपील गरेका छन्। यस प्राकृतिक प्रकोपबाट उत्पन्न विशाल चुनौतीहरूको बावजुद पनि संकट व्यवस्थापन गर्न तथा सबैलाई सुरक्षा र सहयोग प्रदान गर्न सरकारले हर सम्भव प्रयास गरिरहेको उनले जनतालाई आश्वासन दिएका छन्।

मुख्यमन्त्रीले सरकार मंगनका जनतासँग ऐक्यबद्धतामा उभिएको छ भन्दै सबैलाई एकजुट बन्न तथा उद्धार टोली र स्थानीय अधिकारीहरूलाई पूर्ण सहयोग गर्न आग्रह पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande