गान्तोक, 04 जून (हि.स.)। सिक्किममा पनि कोभिड 19 को मामिला बढ्न थालेको छ। राज्यमा अहिले सक्रिय मामिलाको संख्या 15 पुगेको छ। राज्य स्वास्थ्य विभाग मन्त्री जीटी ढुङ्गेलले यसको पुष्टि गरेका छन्।
मन्त्री ढुङ्गेलले राज्यमा कोभिड 19 को मामिला बढ्न थालेको बताउॅंदै सबैलाई सावधानी अपनाउन आह्वान गरेका छन्। उनले कोभिड 19 रोकथामको निम्ति आवश्यक सावधानी अपनाउन जोड दिॅंदै जनसाधारणमा जागरूकता फैलाउन आवश्यक रहेको बताएका छन्।
उनले अब राजधानीको एसटीएनएम अस्पतालका सबै चिकित्सकहरू, कर्मचारीहरू, बिरामीहरू र भिजिटर्सले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने बताएका छन्। उनले गत 29 मईदेखि अहिलेसम्म 526 जनाको कोभिड 19 जॉंच गरिएको र त्यस मध्ये 15 जना सक्रिय मामिला अघि आएको बताएका छन्।
उनले राज्यका सबै अस्पतालहरूमा पनि कोभिड 19 लाई लिएर जागरूकता फैलाउन सम्बन्धित अधिकारीहरूलाई निर्देश दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल