मंगन, 4 जून (हि.स.)। राज्यको वन्य एवम् पर्यावरण विभागको पहलमा विश्व पर्यावरण दिवसको पूर्व सन्ध्यामा तीन दिवसीय उत्सवको एक भागकोरूपमा आज मंगन जिल्ला अन्तर्गत जङ्गु निर्वाचन क्षेत्रमा व्यापकरूपमा विरूवा रोपण कार्यक्रम आयोजना गरियो। वन विभागको पहलमा आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य पर्यावरणको संरक्षण गरेर तृणमूलस्तरका मानिसहरूलाई यसबारेमा प्रोत्साहित गर्नुका साथै जागरूक गराउनु रहेको थियो।
यस अवसरमा नोन वार्डदेखि विरूवा रोपण कार्यक्रम शुरू भएर मुन्तयाङ टुङक्योङ हुँदै लिङदोक बर्फोकमा समापन भएको थियो। कार्यक्रम मेरो रूख मेरो सन्तति र एक पेड मा के नामको ब्यानरमा आयोजना गरिएको थियो, जसमा स्थानीयहरूले पनि उत्साहपूर्वक सहभागिता जनाएका थिए।
कार्यक्रममा क्षेत्र विधायक एवम् वन्य एवम पर्यावरण विभाग मन्त्री पिन्छो नामग्याल लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। आफ्नो सम्बोधनको क्रममा मन्त्री लेप्चाले पर्यावरणलाई संरक्षण साथै बढावा दिने उद्देश्यले कार्यक्रम गरिएको बताए। यस प्रकारको कार्यक्रमले जलवायु परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै पारिस्थितिक पर्यटन प्रवर्द्धन र स्थानीय जीविकोपार्जनलाई सहयोग पुर्याउन सक्ने मन्तव्य प्रकट गरे।
“मेरो बाटो मेरो बोट” अन्तर्गत रोपिएका बिरुवाहरूको राम्रो हेरचाह सुनिश्चित गर्न वार्ड स्तरमा अनुगमन र मर्मतसम्भार समिति गठन गरियो। मन्त्रीले समितिका सदस्यहरूलाई आफ्नो कर्तव्य इमान्दारीपूर्वक पूरा गर्न आग्रह गर्दै बिरुवाहरूको पालनपोषणमा समर्पित हुनेहरूलाई पुरस्कार प्रदान गरिने घोषणा गरे।
“मेरो रुख मेरो सन्तति” योजनाको एक भागको रूपमा, दुई नवजात शिशुको जन्मको अवसरमा दुई स्थानमा 216 बिरुवा रोपिएको थियो। मन्त्रीले लाभार्थीहरूलाई सहभागिताको निम्ति प्रमाणपत्र र उपहार प्रदान गरे।
हिन्दुस्थान समाचार / प्रदीप