हुगली, 04 जून (हि. स.)। जिल्लाको कुन्तीघाट क्षेत्रस्थित केशोरेम रेयान कारखानामा बुधवार नियमित रूपमा काम हुनुपर्ने मागमा कामलाई बन्द राखेर विरोध प्रदर्शन गरे। कम्पनीका प्रबन्धनले बातचितको माध्यमबाट समस्या समाधान गर्ने बताएका छन्। अशान्ति हुने आशंकालाई मध्यनजर गर्दै फ्याक्ट्रीको गेटमा पुलिसलाई तैनाथ गरिएको छ।
रेयान फ्याक्ट्रीमा स्थायी, अस्थायी एवं ठेकादार सहित लगभग 2500 श्रमिकहरू कार्यरत छन्। फ्याक्ट्रीका अस्थायी श्रमिकहरूलाई सही ढंगमा काम प्राप्त भइरहेको छैन जसले गर्दा उनीहरू असन्तुष्ट छन्। बुधवार बिहान श्रमिकहरू फ्याक्ट्रीको गेटमा भेला भए अनि विरोध प्रदर्शन गरे। कुनै पनि श्रमिकले काम गरेनन्।
श्रमिकहरूको आरोप छ, फ्याक्ट्रीका अधिकारीहरूले शिफ्टमा काम गर्ने श्रमिकहरूलाई ठिकसितले काम दिँदैनन्। शिफ्टमा काम गर्ने श्रमिकहरूको आरोप छ, उनीहरूलाई महिनामा आठ-दश दिनभन्दा धेर काम दिइँदैन। परिणामस्वरूप उनीहरूलाई आफ्नो परिवार धान्न गाह्रो भइरहेको छ।
उनीहरूले कैयौं पटक कम्पनीलाई बताइसकेका छन्, तर कुनै फाइदा भएको छैन। जबकि उनीहरूले हरेक दिन रिपोर्ट गर्नुपर्ने हुन्छ। रिपोर्ट गरेन भने उनीहरूको कार्ड लक हुन्छ र उनीहरूलाई काम पाउनै गाह्रो हुन्छ। अन्यत्र काम गर्ने पनि कुनै बाटो छैन। यसैको विरोधमा शिफ्टमा काम गर्ने श्रमिकहरूले फ्याक्ट्रीको स्पिनिंग, एसिड प्लान्ट एवं टेक्सटाइल समेत लगभग सबै विभागहरूमा काम बन्द गरिदिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा