कामरूप (असम), 4 जून (हि.स.)। रंगियाको बालिसत्रमा एक दुःखदायी घटना घटेको छ। पुलिसले बुधवार बतायो, गए मंगलवार स्थानीय पोखरीमा नुहाउँदा-नुहाउँदै युवक बेपत्ता भए। बेपत्ता युवकको पहिचान 30 वर्षीय मिन्टु नमः शुद्रको रूपमा भएको छ।
प्रत्यक्षदर्शीहरू अनुसार मिन्टु आफ्ना केही साथीहरूसित तलाउमा नुहाउन गएका थिए। नुहाउँदा-नुहाउँदै पिन्टु अचानक पानीमा डुबे अनि क्षणभरमै ओझेल भए।
सूचना पाएर घटनास्थलमा पुगेको एसडीआरएफको टीमले खोजी अभियान संचालन गऱ्यो। घण्टौंसम्म परिश्रम गरेपछि युवकको शवलाई पोखरीबाट निकालियो।
यस घटनापछि क्षेत्रमा शोक व्याप्त भएको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा