आलूको बिउँ उत्पादनमा बंगाल आत्मनिर्भर बन्नेछ- कृषि मन्त्री
आलूको बिउँ उत्पादनमा बंगाल आत्मनिर्भर बन्नेछ- कृषि मन्त्री


जलपाईगढ़ी, 04 जून (हि.स.)। पश्चिम बंगाललाई अब आलूको बिउँको निम्ति पञ्जाबमाथि निर्भर रहनु पर्नेछैन। यस पाली राज्यमै उन्नत आलूको बिउँको उत्पादन गरिँदैछ।

यसबाट पश्चिम बंगालका किसानहरूले कम लागतमा अधिक उप्जनी पाउने मानिन्दैछ। यो कुरा राज्यका कृषि मन्त्री शोभनदेव चटर्जीले बुधवार जलपाइग़ढ़ी पुगेपछि भनेका हुन्। आज उनले जलपाइगढ़ीको मोहितनगर फार्मको पनि दौड़ाह गरे। पछि उनले अधिकारीहरूको साथ बैठक पनि गरे।

कृषि मन्त्रीले भऩे, वर्ष 2030 अगाड़ी उच्च गुणवत्ताको आलूको बिउँको उत्पादनमा बंगाल सय प्रतिशत आत्मनिर्भर हुनेछ। उनले यो पनि भऩे, राज्यमा तीन ठाउँ, मेदिनीपुर, नदिया र जलपाइगढ़ीमा आलूको बिउँको उत्पादन गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande