पिउने पानीको अभावः भाजपाले मेयरको राजीनामाको मागमा निकाल्यो ऱ्याली
पिउने पानीको अभावः भाजपाले मेयरको राजीनामाको मागमा निकाल्यो ऱ्याली


सिलगढ़ी, 04 जून (हि.स.)। सिलगढ़ीका मानिसहरू पछिल्लो केही दिनदेखिको पिउने पानीको समस्यासित जुझिरहेका छन्। शहरमा व्याप्त पानीको समस्यालाई लिएर बुधवार भाजपाले सिलगढ़ी नगरनिगमका मेयर गौतम देवको राजीनामाको मागमा ऱ्याली निकाल्यो।यो ऱ्याली सिलगढ़ीको विश्वदीप सिनेमा हल नजिकबाट शुरू भएर मल्लागढ़ीस्थित एक नम्बर बोरो अफिससम्म पुगेर समाप्त भयो। यस अवधि भाजपा कार्यकर्ताहरूले हातमा खाली बोतल, बाल्टी, हण्डी एवं पोस्टर लिएर बोरो अपिस सामु प्रदर्शन गरे।

प्रदर्शन गरिरहेका भाजपा कार्यकर्ताहरूले भने, यस भीषण गर्मीमा जल संकटको कारणले शहरवासीको बेहाल भएको छ। वार्डहरूमा पानीको ट्यांकी पनि सही ढंगमा पुगिरहेको छैन। त्यसैले पानीको ट्यांकरको उचित व्यवस्था अनि मेयरको राजीनामाो मागमा भाजपा एक नम्बर मण्डलको तर्फबाट एक नम्बर बोरो अफिसमा ज्ञापन पत्र सुम्पिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande