पश्चिम मेदिनीपुर, 04 जून (हि. स.)। जिल्लाको डेबरा थाना क्षेत्रबाट एक हृदयविदारक घटना सामु आएको छ जहाँ एकजना गृहशिक्षकले चौथो कक्षाकी छात्रासित बारम्बार यौन उत्पीड़न गऱ्यो। आरोपी शिक्षक गोपालचन्द्र मान्नालाई पुलिसले पक्राउ गरेको छ। आरोपीविरूद्ध पोक्सो एक्टको धारा अन्तर्गत मामिला दर्ता गरिएको छ।
जानकारी अनुसार घटना जलीमांदा ग्राम पञ्चायतको अम्बाडिघी गाउँमा भएको हो। आरोपी शिक्षक सोही गाउँमा बस्छ र पीड़ितालाई ट्यूशन पढ़ाउनको लागि लामो समयदेखिको घरमा आइरहेको थियो। गए मंगलवार पनि उ सदा जस्तै छात्रालाई पढ़ाउन घरमा आयो। तर यसै अवधि उसले छात्रासित यौन दुर्व्यवहार गऱ्यो। छात्राको व्यवहारमा केही परिवर्तन देखिएपछि परिवारलाई शंका लाग्यो। छात्रालाई सोध्दा उसले सबै कुरा परिवारलाई बताई।
घटना बारे जानकारी पाउनसाथ परिवारले अबेर राती नै डेबरा थानामा आरोपीविरूद्ध लिखित सिकायत दर्ता गरायो। पुलिसले तत्परता देखाउँद बुधवार बिहान 11 बजे आरोपीलाई पक्राउ गऱ्यो। मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै पुलिसले पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ। आरोपीलाई मेदिनीपर अदालतमा पेश गरियो।
पुलिसको भनाइ छ, आरोपीले छात्रालाई पछिल्लो लामो समयदेखिकै सताइरहेको थियो। पढ़ाउने बहानामा उसले छात्रालाई गलत ढंगमा छुन्थ्यो र कसैलाई नबताउन भनी धम्की दिन्थ्यो। डरको कारणले छात्रा अहिलेसम्म मौन बसेकी थिई, तर मंगलवार भएको घटनापछि मामिला उजागार भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा