बांकुड़ा, 04 जून (हि.स.)। जिल्लामा सोनामुखी थानान्तर्गत रनडीहामा नदीमा नुहाउने क्रममा तीन किशोर नदीमा डूबे। बेपत्ता किशोरहरूको नाम सुरजीत विश्वास, जीतू अधिकारी र अभिजीत गायेन बताइएको छ। तीनैको आयु 17 वर्ष रहेको छ।
स्थानीय मानिसहरू र पुलिस सूत्रहरू अनुसार, पश्चिम बर्दवान जिल्लाको कांकसा क्षेत्रका सात जना साथी बुधवार दिउँसो रनडीहामा एक नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा अचानक सातै जना डूब्न थाले। मामिलाको पत्तो लाग्नसाथ स्थानीय मानिसहरू बचाउनका लागि दौड़े। शुरूआतमा स्थानीय मछुआराहरूको डुंगाको मद्दतले चार जनालाई बचाइयो तर तीन जना अहिलेपनि बेपत्ता छन्। अहिले बांकुड़ाको सोनामुखी र पश्चिम बर्दवान जिल्लाको बुदबुद थानाको पुलिस स्थानीय मानिसहरूको मद्दतले बेपत्ता तीनै युवकलाई नदीमा खोजिरहेको छ। आपदा प्रबन्धन बललाई पनि सूचना दिइएको छ। स्थानीय निवासी नरोत्तम रोयले भने, धेरै जना घूम्न आएका थिए। उनीहरूले रक्सी खाएर नदीमा पसेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी