दक्षिण बंगालमा बवण्डर जस्तो मौसम भए पनि मनसुन भित्रिएको छैन
दक्षिण बंगालमा बवण्डर जस्तो मौसम भए पनि मनसुन भित्रिएको छैन


कोलकाता, 05 जून (हि. स.)। गए बुधवार राति दक्षिण बंगालमा घना वर्षा एवं मेघ गर्जन भएपनि मौसम विशेषज्ञहरूको भनाइ छ, यस क्षेत्रमा 'सुनिश्चित' मनसुन भित्रिन अझ समय लाग्नेछ। कोलकाता अनि यस वरपर बुधवार साँझदेखि शुरू भएको तीव्र वर्षाले शहरवासीहरूलाई भिजाए पनि दक्षिण-पश्चिम मनसुनको आधिकारिक शुरूआतको लागि आवश्यक मौसमी मानक अहिलेसम्म पूरा हुन सकेको छैन।

कोलकातामा साँझदेखि राति लगभग तीन घण्टासम्ममा 38 मिमी वर्षा दर्ता गरियो भने सल्टलेकमा 81 मिमी अनि दमदममा 57 मिमी वर्षा भयो। घना वर्षाबीच तीव्र मेघ गर्जन अनि आकाशमा आठ किलोमीटर अग्लो घना बादलले मानिसहरूलाई भयभित तुल्यायो। लगातार मेघ गर्जनको कारणले धेरैवटा ठाउँमा सन्त्राष व्याप्त भयो।

मौसम विभाग अनुसार दक्षिण पश्चिम मनसुनको अफिशियल अनसेट- को लागि आवश्यक हुन्छ, सम्बन्धित क्षेत्रका न्यूनतम 70 प्रतिशत वेटर स्टेशनहरूमा जून महिनामा लगातार दुई दिनसम्म 2.5 मिमी वा योभन्दा अधिक वर्षा हुनु। यस अतिरिक्त त्यस क्षेत्रमा हावाको दबाव प्रतिवर्गमीटर गर्मीको विकरण मात्रा अनि अन्य जलवायु संकेतहरूको सठिक सन्तुलन हुन आवश्यक हुन्छ।

मौसम विभागले बताएको छ, दक्षिण बंगालमा अहिलेसम्म यी सबै मानदण्डहरू पूरा भएको छैन। त्यसैले घना वर्षा भए पनि हाल मनसुनको आगमन भएको घोषणा गर्न सकिँदैन।

मौसम विशेषज्ञ डा. रविन्द्र गोयनकाले बताए, यो स्थानीय प्रभावहरूको परिणाम थियो जस कारण गत मंगलवार र बुधवार घना वर्षा भयो। उनले अझ बताए, जब स्थानीय स्तरमा घना र अग्लो बादल बन्छ तब अल्प समयमै घना वर्षा हुनसक्छ। उनले भने, मनसुनपूर्वको यस अवधिमा हावामा उड़िरहेको धूलोको कण अनि अग्लो बादल मिसिएर तीव्र रूपमा बिजुली चम्किने आदर्श स्थिति उत्पन्न हुन्छ।

स्मरण गराइन्छ, यस वर्ष दक्षिण-पश्चिम मनसुनले सामान्य तारिक एक जूनको सट्टा गत 24 मईमै केरलमा कदम राखेको थियो। उत्तर बंगालमा पनि मनसुन सामान्यभन्दा पहिला नै 8 जूनको सट्टा 29 मईमा आइपुग्यो। त्यसैले दक्षिण बंगालमा पनि मनसुन चाँड़ै आउने आशा थियो।

तर मौसम वैज्ञानिकहरूको मान्यता छ, बंगालको खाड़ीमा हालैमा निर्मित निम्न दबाव क्षेत्रले उत्तर-पूर्व भारततर्फ नमीलाई तानेर लग्यो जसबाट दक्षिण बंगालमा मनसुनको गति केही मन्द भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande