कोलकाता, 05 जून (हि. स.)। जिल्लाको दाँतन-1 ब्लकमा अचानक आएको हुरी-बतासले दुई वटा गाउँमा व्यापक क्षति पुऱ्याएको छ। गए बुधवार राति आएको हुरीले यहाँका विभिन्न क्षेत्रहरूलाई प्रभावित मात्र पारेको छैन जबकि एक जना व्यक्तिको ज्यान समेत लिएको छ। मृतकको पहिचान राजकुमार दुवारी (45)-को रूपमा भएको छ जो नारायणचक क्षेत्रका निवासी थिए।
बुधवार अबेर साँझ दाँतन थाना क्षेत्रको चकइस्माइलपुर ग्राम पञ्चायत अधिनस्थ मधुबैचा र बाहारदा गाउँ भएर यो तीव्र तूफान गुज्रियो। तीव्र हावा सहित वर्षा अनि मेघ गर्जनले सम्पूर्ण क्षेत्रलाई थर्काइदियो। धेरैवटा ठाउँहरूमा रूख लड्यो, बिजुलीको खम्बा लड़्यो, घरको छानो उड्यो। अचानक आएको यस तूफानको कारणले स्थानीय मानिसहरू भयभित भए।
यसै अवधि राजकुमार दुवारी नामक व्यक्ति खेतमा बदाम खन्न गएका थिए। चट्याङ्ग लागेर दुवारीको खेतमै मृत्यु भयो। घटना घट्दा तिनी खेतमा एक्लै थिए। पछि ग्रामीणहरूले तिनलाई मृत अवस्थामा पाए।
प्रशासनिक राहत अनि सहायताको निम्ति प्रतीक्षारत्-
स्थानीय प्रशासनद्वारा अहिलेसम्म पनि राहत कार्य शुरू गरिएको छैन। यद्यपि स्थितिको जायजा लिनको लागि पञ्चायत स्तरमा प्राथमिक रिपोर्ट तयार गरिँदैछ। तूफानपछि प्रभावित गाउंहरूमा बिजुली आपूर्ति बाधित भएको छ। कतिपय क्षेत्रमा सञ्चार व्यवस्था समेत प्रभावित भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा