नवद्वीप, 5 जून (हि.स.)। अन्तरराष्ट्रिय पर्यटन केन्द्र मायापुरको सड़क किनार ठाउँ-ठाउँमा मैला-कुचैलाको थुप्रो लागेको छ। लामो समयदेखिकै मायापुरका सड़कहरूमा मैला-कुचैलाहरूलाई सफा गरिएको छैन। चारैतिर दुर्गन्ध फैलिरहेको छ। आरोप छ, पञ्चायतलाई बारम्बार सूचित गर्दा पनि कुनै लाभ भएन। स्थानीय मानिसहरूमा आक्रोश व्याप्त भएको छ। मायापुर आउने हजारौं तीर्थ यात्री एवं पर्यटकहरूलाई हरेक दिन यस दुर्गन्धमय स्थान भएर गुज्रिनुपर्छ।
मायापुर-बामुनपुकुर-2 नम्बर पञ्चायतक्षेत्रमा सड़क किनार ठाउँ-ठाउँमा मैला-कुचैलाको थुप्रो लागेको छ। एक वर्गका मानिसहरूले सड़क किनारमा ठूल्ठूला प्लास्टिकका थैलाहरूमा भरेर मैला फालिरहेका छन्। कतिपय मानिसहरूले पानीको खाली बोतलदेखि लिएर विभिन्न होटल एवं पिउने पानीका पसलहरूबाट बचेको खानाहरू समेत फालिरहेका छन्। मैलाको थाकबाट सड़िएको खानाको दुर्गन्ध चारैतिर फैलिरहेको छ। आरोप छ, पञ्चायत यस सम्बन्धमा उदासीन छ, कुनै कारबाही गरिरहेको छैन।
भगवान जगन्नाथको स्थान यात्रा एवं रथ यात्रा आउनै लागेको छ। यस उत्सवको लागि हजारौं तीर्थयात्री एवं पर्यटकहरू मायापुरमा आउनेछन्। क्षेत्रमा मैला-कुचैलाहरू फाल्नदेखि रोक लगाउनको लागि पञ्चायतले चेताउनी बोर्ड लगाउने वचन दिएका थिए, तर अहिलेसम्म बोर्ड लगाइएको छैन। यस पञ्चायत अन्तर्गत मायापुर इस्कन मन्दिरन जिकै अवस्थित एक निजी स्कूलले विद्यार्थीहरूलाई मैला नफाल्ने अपील गरेको भए पनि राति अँध्यारोमा फालिरहेको छ। मायापुरको डोंगापाड़ाकी नवौं कक्षाकी छात्रा ममता सुल्ताना भन्छन्,'महरेक दिन यसै सड़क भएर नवद्वीप गर्ल्स स्कूल जान्छु। मलाई दुर्गन्धयुक्त मैलाको थुप्रो भएर जानुपर्छ।
गौर दासआफ्नो परिवारसित बीरभूमदेखि नवद्वीप र मायापुर घुम्न आएका थिए। उनले भने, मायापुर जस्तो स्थानमा यस किसिमको मैला-कुचैला थुप्रिएको छ। स्थानीय पञ्चायत सदस्य स्वप्न मण्डलले भने, केही होटलवालाहरूले राति अँध्यारोमा सड़कमा मैला फालिरहेका छन्। यसलाई हटाउनको लागि पञ्चायतले सोच्नुपर्छ। तृणमूलद्वारा संचालित मायापुर-बामुनपुकुर-2 नम्बर पञ्चायतकी मुखिया मैत्रेयी घोषले बताइन्, हामीले पहिला पनि यहाँको फोहोर-मैलाहरूको सफाई गरेका थियौं। पञ्चायतले फेरि सफा गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा