कोलकाता, 5 जून (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्नका लागि आगामी हप्ता समय मागेकी छन्। यस भेटको उदेश्य केन्द्र प्रायोजित योजनाहरू अन्तर्गत राज्यलाई प्रदत्त थाँतीमा रहेको राशिलाई लिएर बातचित गर्नु हो।
राज्य सचिवालय सूत्र मुताविक मुख्यमन्त्री कार्यालय (सीएमओ)-द्वारा प्रधानमन्त्री कार्यालय (पीएमओ)-लाई यस सम्बन्धमा एक औपचारिक अनुरोध पठाइएको छ। यसमा आगामी 10 जूनलाई बैठकको लागि प्राथमिकता दिइएको छ। यदि पीएमओबाट अनुमति प्राप्त भयो भने मुख्यमन्त्री 9 जूनको राती नै नयाँ दिल्ली तर्फ प्रस्थान हुनेछन्।
आफ्नो दिल्ली प्रवासअवधिममता ब्यानर्जीले आफ्ना पार्टी सांसदहरूसित पनि भेट गर्ने सम्भावना रहेको छ। तथापि राज्य सचिवालयसित सम्बन्धित सूत्रको भनाइ छ, यस प्रस्तावित भ्रमणमा उनले कुनै पनि 'इण्डी'गठबन्धन नेतासित भेट गर्ने सम्भावना छैन।
मुख्यमन्त्री ब्यानर्जीले पछिल्लो केही समयदेखिकै केन्द्र सरकारमाथि लगातार लक्षित गर्दै आइरहेकी छन्। ब्यानर्जी अनुसार प्रधानमन्त्री आवास योजना (पीएमएवाई) औप्रधानमन्त्री ग्राम सड़क योजना (पीएमजीएसवाई) जस्ता केही योजनाहरू अन्तर्गत राज्यलाई अहिलेसम्म 1.75 लाख करोड़ बाँकी रकम दिइएको छैन।
अर्कोतिर भाजपाका वरिष्ठ नेता एवं पश्चिम बंगालको लागि केन्द्रिय पर्यवेक्षक अमित मालवीयले राज्य सरकारमाथि गम्भीर आरोप लगाएका छन्। उनले दाबी गरे, यी योजनाहरू अन्तर्गत पहिला पठाइएको धनराशिमा धाँधली गरेको कारणले केन्द्र सरकार नयाँ राशिलाई रोक्न बाध्य भयो।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा