मुर्शिदाबादमा जमीन विवादमा गोली चल्यो, युवक घाइते
मुर्शिदाबादमा जमीन विवादमा गोली चल्यो, युवक घाइते


मुर्शिदाबाद, 05 जून (हि.स.)। जिल्लाकोनउदा थाना अन्तर्गत कोदालकाठी गाउँमा बिहिवार बिहान जमीनलाई लिएर भएको विवादमा दुई पक्षमाझ गोली चल्यो। यस घटनामा 25 वर्षीय अजिज मण्डल नामक युवक घाइते भए जसलाई गम्भीर अवस्थामा पहिला अमतला ग्रामीण अस्पतालमा प्राथमिक उपचार गरियो भने पछि मुर्शिदाबाद मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो।

प्राप्त जानकारीअनुसारअजिज मण्डल बिहान आफ्नो खेतमा काम गर्नका लागि गइरहेका थिए। बाटोमा उनलाई छिमेकीको पाटको खेत भएर गुज्रिनु पऱ्यो। यस अवधि फसललाई सामान्य नोक्सान भयो जसलाई लिएर दुवै पक्षमाझ पहिला बहस भयो भयो हातपात अनि हिंसक झड़प भयो।

विवादशुरू हुन थालेपछि दुवै पक्षका मानिसहरू घटनास्थलमा भेला भए। यसबीच अचानक कसैले गोली चलायो जुन सोझै अजिज मण्डलको खुट्टामा लाग्यो। गोली लाग्नसाथ भुइँमा ढलेका अजिजलाई छर-छिमेकका मानिसहरूले तुरून्तै अस्पतालमा पुऱ्याए, तर तिनको अवस्था नाजुक भएको कारणले फेरि मुर्शिदाबाद मेडिकल कलेज अनि अस्पतालमा पठाइयो। यस घटनामाअजि बाहेक अन्य मानिसहरू पनि घाइते भएका छन् जसलाई अस्पतालमा प्राथमिक उपचार गरिएपछि छुट्टी दिइएको छ।

अर्कोतिर गोलीकाण्डको खबर फैलिनसाथ सम्पूर्ण क्षेत्र तनाउग्रस्त भयो। स्थानीय मानिसहरू भयभित भएका छन्। घटनाको सूचना पाएर पुलिस तुरून्त घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसले घटनास्थलबाट प्रमाण जुटाएर मामिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ। अहिलेसम्म मामिलामा कसैलाई पनि पक्राउ गरिएको छैन।

------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande