जलपाइगढी, 05 जून (हि. स.)। आवासीय क्षेत्रबाट एउटा प्यांगोलिनलाई उद्धार गरिएको छ। बिहिवार बिहान दक्षिण धुपझोड़ाको बंगलापाड़ा क्षेत्रबाट उक्त प्यांगोलिंगलाई उद्धार गरिएको हो।
स्थानीय मानिसहरूले बताए, चिया बगानको छेवैमा जालमा फसेको प्यांगिलनलाई देखियो। त्यसपछि बिस्तारै प्यांगोलिनलाई हेर्नका लागि मानिसहरू भेला हुन थाले। घटनाको सूचना वन विभागको धुपझोड़ा बीट कार्यालयलाई दिइयो। सूचना पाएर वनकर्मीहरू घटनास्थलमा पुगे अनि प्यांगोलिनलाई आफ्नो कब्जामा लिए। वन विभागीय सूत्र अनुसार प्यांगोलिंगलाई उसको आफ्नो ठाउँमा छोड़िनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा