कोलकातामा पुलिसकर्मीको आत्महत्याले खैलाबैैला, फ्ल्याटभित्र सड़िसकेको शव भेटियो
कोलकातामा पुलिसकर्मीको आत्महत्याले खैलाबैैला, फ्ल्याटभित्र सड़िसकेको शव भेटियो


-सुसाइड नोटमा छल्कियो पीड़ा

कोलकाता, 5 जून (हि.स.)। कोलकाताको प्रतिष्ठित बडीगार्ड लाइन्स क्षेत्रमा त्यसबेला कोकोहोलो मच्चियो जतिबेला त्यहाँ अवस्थित एउटा फ्ल्याटभित्रबाट कोलकाता पुलिसका एक जना जवानको झुण्डिरहेको शव भेटियो। मृतकको पहिचान सुखलाल मुर्मूको रूपमा भएको छ जो मूल रूपमा पश्चिम बंगालको पुरूलिया जिल्ला अधिनस्थ मानवाजार थाना क्षेत्रस्थित पेद्दा हरिपुर गाउँका निवासी थिए।

प्राप्त जानकारी अनुसार सुखलाल मुर्मू कोलकाता पुलिसको चौथो बटालियनमा कार्यरत थिए भने उनलाई हालैमा तेस्रो बटालियनमा स्थानान्तरण गरिएको थियो। गत 26 मईदेखि नै बेपत्ता भएका मुर्मूलाई लिएर परिवार एवं सहकर्मीहरूले थानामा हराएको रिपोर्ट दर्ता गराएका थिए।

गए बुधवार राति अचानक चौथो तलाको एक फ्ल्याटको झ्यालबाट मानिसहरूले एउटा शवलाई झुण्डिरहेको देखे जसको सूचना तुरून्त वाटगञ्ज थानामा दिइयो। पुलिसले घटनास्थलमा पुगेर भीडियोग्राफी सहित शवलाई उद्धार गरी पोस्टमार्टम गर्नको लागि पठाइदियो। गर्मीले गर्दा शव सड़िन थालेको थियो जसबाट दुर्गन्ध फैलिरहेको थियो।

पुलिसले मृतकको ब्यागबाट एउटा सुसाइड नोट फेला पाऱ्यो जसमा पुलिस जवानले आफ्नो देब्रे हातमा लागेको गम्भीर चोट अनि त्यसबाट हुने शारीरिक असमर्थता एवं मानसिक अवसादलाई आत्महत्याको मुख्य कारण बताएका छन्। नोटमा लेखिएको थियो, जवान डिप्रेशनसित जुझिरहेका थिए र अब जीवनदेखि थाकिसकेका छन्।

सुखलालले आत्महत्या गरेको खबर पाउनसाथ उनका साथी-संगी अनि वरिष्ठ अधिकारीहरू शोकाकुल भए। केही पुलिसकर्मीहरूले बताए, उसलाई एकदम सामान्य देखिन्थ्यो। उ यति गहिरो अवसादमा थियो भन्ने कुरा कसैले पनि अनुमान लगाउन सकेनन्।

कोलकाता पुलिसका उच्च अधिकारी मामिलाको जाँचमा जुटेका छन्। पोस्टमर्टम रिपोर्ट अनि सुसाइड नोटको फोरेन्सिक जाँचपछि नै सठिक परिणाम बाहिरिऩेछ। यस मामिलाले पुलिस विभागमा मानसिक स्वास्थ्यलाई लिएर एकपटक फेरि गम्भीर बहस शुरू गराएको छ।

-----------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande