पूर्व मेदिनीपुर, 05 जून (हि. स.)। दिघाको जगन्नाथ मन्दिरमा स्थानीय श्रमिकहरूलाई भर्ती गर्नुपर्ने मागमा बिहीवार बिहान स्थानीय मानिसहरूले मन्दिर सामु विरोध प्रदर्शन गरे। यस विरोध प्रदर्शनले शहरमा कोकोहोलो मच्चायो।
प्राप्त जानकारी अनुसार मन्दिरका सबै कामहरूको लागि बाहिरका श्रमिकहरूलाई भर्ती गरिँदैछ। ठेकादार कम्पनीहरूले पनि अन्य स्थानका मानिसहरूलाई काममा राखिरहेका छन्। त्यसैले स्थानीय श्रमिकरूलाई कामबाट वञ्चित हुन परिरहेको छ। स्थानीय श्रमिकहरूलाई भर्ती गर्नुपर्ने मागमा बिहीवार प्रदर्शन गरियो। बढ़्दो तनाउलाई मध्यनजर गर्दै क्षेत्रमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ। पुलिसले स्थानीय मानिसहरूसित बातचित गरेर मामिलालाई सुल्झाउने प्रयास गरिरहेको छ।
उल्लेखनीय छ, दिघा जगन्नाथ मन्दिर परियोजना शुरू भएदेखि नै मुख्यमन्त्रीले स्थानीय मानिसहरूलाई रोजगार दिने आश्वासन दिएकी थिइन्। ट्रष्टी बोर्डका सदस्यहरूमध्ये एकजना राधारमण दासले दाबी गरेका छन्, जगन्नाथ मन्दिरले दिघाको सामाजिक-आर्थिक स्वरूपलाई आमुल परिवर्तन गरिरहेको छ।
उनले अझ बताए हजारौं भक्तहरू यहाँ आउन थालेपछि यस क्षेत्रको सामाजिक-आर्थिक स्वरूप परिवर्तन हुनेछ। यहाँका मानिसहरू लाभान्वित हुनेछन्। होटल अनि परिवहनसित सम्बन्धित व्यवसायीहरूलाी लाभ पुग्नेछ। फूल-माला बेच्नेहरू पनि लाभान्वित हुनेछन्। तर यस मामिलामा स्थानीय मानिसहरूको सिकायत छ, रोजगारको अवसर त छ, तर सबै बाहिरका मानिसहरूको लागि। यसैको विरोधमा बिहीवार विरोध प्रदर्शन गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा