कोलकाता, 5 जून (हि.स.)। ‘अपरेशन सिन्दूर’-पछि विवादहरूले घेरिएकी सोशल मीडिया इन्फ्लुएन्सर तथा कानूनकी छात्रा शर्मिष्ठा पानोलीलाई कलकत्ता उच्च अदालतले बुधवार सशर्त अन्तरिम जमानत दियो। शर्मिष्ठालाई गत 30 मईमा गुरूग्रामबाट पक्राउ गरिएको थियो। तिनीविरूद्ध कोलकाताको गार्डनरिच थानामा एफआईआर दर्ता गरिएको थियो।
अदालतमा न्यायमूर्ति राजा बसुको एकल पीठले यो फसेला सुनाउँदै भने, शर्मिष्ठाले 10 हजार रुपियाँको जमानत राशि जमा गर्नुपर्नेछ। साथै अदालतले स्पष्ट पाऱ्यो, मुख्य न्यायिक म्याजिस्ट्रेट (सीजेएम)- को अनुमति बिना शर्मिष्ठाले देशदेखि बाहिर यात्रा गर्न सक्ने छैनन्। यदि पढ़ाईको सिलसिलामा उनलाई पुणे जानु छ भने यसको लागि पनि अदालतबाट पूर्व अनुमति लिन आवश्यक छ। अदालतले यो पनि भन्यो, आवश्यक परे उनलाई सुरक्षा उपबल्ध गरािनेछ।
कोलकाताको आनन्दपुर निवासी शर्मिष्ठाले ‘अपरेशन सिन्दूर’-पछि सोशल मीडियामा एउटा भीडियो पोस्ट गरेकी थिइन्। तर पछि त्यसलाई तिनले हटाएर माफी पनि मागेकी थिइन्। आरोप छ, त्यस भीडियोमा उनले समुदाय विशेषको भावनालाई चोट पुऱ्याएकी थिइन्। यसै पोस्टलाई लिएर गार्डनरिच थानामा सिकायत दर्ता गरिएको थियो जसपश्चात उनलाई हरियाणाको गुरूग्रामबाट पक्राउ गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा