कोलकाता, 5 जून (हि.स.)। विश्व पर्यावरण दिवसको अवसरमा सारा संसारमा प्लास्टिकलाई समाप्त गर्ने चर्चा भइरहेको छ भने अर्कोतिर कोलकाता जस्तो महानगरमा अहिले पनि प्लास्टिकलाई तह लगाउने कुनै संगठित व्यवस्था छैन। हरेक दिन शहरमा हजारौं टन ठोस मैला सहित भारी मात्रामा प्लास्टिक पनि थुप्रिरहेको छ, तर यसलाई छुट्याएर रीसाइक्लिंग गर्ने वा वैज्ञानिक ढंगमा तह लगाउने कुनै उचित व्यवस्था छैन।
संयुक्त राष्ट्रले 1973 सालमा 5 जूनलाई पर्यावरण जाग थियो भने यस वर्ष यसको थीम रहेको छ- प्लास्टिक प्रदूषणको अन्त। यो विषयलाई पहिला पनि वर्ष 2018, 2023 एवं 2025-मा दोहोऱ्याइएको थियो जसबाट यसको गम्भीरताको अनुमान लगाउन सकिन्छ। यसपालि आतिथ्य देश दक्षिण कोरिया रहेको छ जहाँको जेजु आइल्याण्ड नामक एक ज़ीरो प्लास्टिक ज़ोन- मा केन्द्रिय कार्यक्रम आयोजना भइरहेको छ।
भारतले 2018 सालमा यस दिवसको आतिथ्य गर्दा पनि नारा बीट प्लास्टिक पल्यूशन नै थियो। भारत सरकारले त्यसताक यो संकल्प गरेको थियो, 2022 सालसम्ममा देशलाई सिंग यूज प्लास्टिकदेखि मुक्त गरिनेछ। यसान्तर्गत 2023 सालको शुरुआतदेखि देशभरि नै 120 माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, भण्डारण, बिक्री एवं प्रयोगमाथि प्रतिबन्ध लगाइयो।
तर धरातलीय स्थितिले अर्कै कथा भनिरहेको छ। प्लास्टिक प्रतिबन्धलाई पालन गर्ने मामिलामा कोलकाता अनि पश्चिम बंगाल शून्य बराबरमा छ। आँकड़ा अनुसार राज्यमा हरेक दिन लगभग 13,469 टन ठोस मैला-कुचैला उत्पन्न हुन्छ जसमा दश प्रतिशत प्लास्टिक हुन्छ। अर्थात प्रतिदिन दिन 1,300 टनभन्दा अधिक मैला प्लास्टिक नष्ट गर्ने जिम्मेवारी छ, तर यसको निम्ति कुनै ठोस व्यवस्था छैन।
सीएसई (Centre for Science and Environment) -को वर्ष 2019-20 को एक रिपोर्ट अनुसार पश्चिम बंगालमा प्रतिवर्ष लगभग 3 लाख टन प्लास्टिकको मैला उत्पन्न हुन्छ। यसमा मात्र 13 प्रतिशतलाई रीसाइकल गरिन्छ भने 20 प्रतिशतलाई कानूनी रूपमा जलाइन्छ। रहल प्लास्टिकलाई कि त अवैध रूपमा जलाइन्छ कि जताततै फालिन्छ जसबाट जल, थल एवं वायु तीनै प्रदूषित भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा