न्यू जलपाइगढी स्टेशनमा मालगाड़ीबाट करोड़ौंको काठ जफत
न्यू जलपाइगढी स्टेशनमा मालगाड़ीबाट करोड़ौंको काठ जफत


सिलगढ़ी, 05 जून (हि. स.)। न्यू जलपाइगढी स्टेशनको प्लेटफर्म नम्बर-2 मा आइपुगेको एउटा मालगाड़ीको डब्बाबाट करोड़ौं रुपियाँको काठ जफत गरिएको छ। मालगाड़ी असमबाट आएको थियो।

प्राप्त जानकारी अनुसार, गुप्त सूचनाको आधारमा न्यू जलपाइगढी जीआरपी र आरपीएफले बिहीवार अपरान्ह मालगाड़ी न्यू जलपाइगढी स्टेशनमा आइपुग्नसाथ छापामारी शुरू गऱ्यो। आरपीएफ एवं जीआरपीले एकपछि अर्को मालगाड़ीको डब्बा खोलेर जाँच गऱ्यो। मालगाड़ीको प्रत्येक डब्बामा बर्माटीकको काठ लगभग दुई-तीन लट्ठा भेटियो। यो मालगाड़ी असमदेखि हावड़ा तर्फ गइरहेको थियो।

यहाँ एउटा ठूलो प्रश्न के उठेको छ भने तस्करी गरिएको काठ भारतीय रेलवेको डब्बामा कसरी पुग्यो। असमदेखि न्यू जलपाइगढीसम्म जीआरपी र आरपीएफको नेटवर्कमाथि पनि प्रश्न उठेको छ। पुलिसले सन्देह व्यक्त गरेको छ, यस घटनामा रेलवे कर्मचारीहरूको एक वर्ग सामेल छ। आरपीएफ र जीआरपीएफको अनुमानमा जफ्त गरिएको काठको मूल्य करोड़ौं रुपियाँ रहेको छ। पुलिसले जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande