पर्यावरण दिवसमा थानामा वृक्ष रोपण
पर्यावरण दिवसमा थानामा वृक्ष रोपण


जलपाईगढ़ी, 5 जून (हि.स)। विश्व पर्यावरण दिवसको अवसरमा राजगञ्ज थानामा वृक्ष रोपण गरी पर्यावरण संरक्षको सन्देश दिइयो। वास्तवमा पर्यावरण संरक्षणप्रति जागरूकताको सन्देश फैलाउनको लागि राजगञ्ज थाना परिसरमा विशेष कार्यक्रम आयोजना गरियो। यस दिन राजगञ्ज थाना प्रभारी अनुपम मजुमदार, समाजसेवी अरिन्दम ब्यानर्जी सहित अन्य पुलिस अधिकारीहरूले थाना परिसरमा वक्ष रोपण गरे। पर्यावरणलाई हरियाली तथा स्वस्थ राख्ने सन्देश दिँदै यस दिन थानामा विभिन्न प्रजातिका लगभग 40 वटा बिरूवाहरू रोपियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande