ब्राउन शुगर सहित दुई युवक पक्राउ
ब्राउन शुगर सहित दुई युवक पक्राउ


सिलगढ़ी, 05 जून (हि.स.)। नक्सलबाड़ी थानाको पुलिसले ब्राउन शुगरसितै दुईजना युवकहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकहरूको पहिचान दार्जीलिङ सदर निवासी शोहन लमजेल र जिग्मी तामाङको रूपमा भएको छ।

पुलिस सूत्र अनुसार गए बुधवार अबेर राती खोरीबाड़ीस्थित पानीट्यांकीबाट ब्राउन शुगर खरिद गरेर दुवै युवक बाइक मार्फत दार्जिलिङ गइरहेका थिए। गुप्त सूचनाको आधारमा नक्सलबाड़ीको जबड़ा मोड़ क्षेत्रमा अभियान संचालन गरी दुवै युवकलाई पक्राउ गरियो। जाँच गर्दा 23 ग्राम ब्राउण शुगर भेटियो। त्यसपछि दुवैलाई पुलिसले एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गऱ्यो। नक्सलबाड़ी थानाको पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande