इम्फाल, 5 जून (हि.स.)। इम्फाल ईस्ट जिल्लाको यैरिपोक चांगमदबी चिंग्या क्षेत्र (अन्द्रो थाना अधिन)-बाट सुरक्षा बलहरूले एक अभियान अवधि भारी मात्रामा हतियार अनि विस्फोटक जफत गरेका छन्।
पुलिसले बिहिवार बतायो, जफत गरिएका सामग्रीहरू 5.56 मिमीको एउटा इंसास राइफल, एउटा म्यागजिन, एउटा लाथोड गन, .303 क्यालिबरको 10 वटा जिँदो गोली, 7.62 मिमीको 6 वटा जिँदो गोली अनि 5.56 मिमीको 6 वटा जिउँदो गोली सामेल छन्।
सुरक्षा एजेन्सीहरूले यो पत्तो लगाउनको लागि जाँच गरिरहेका छन् कि यी हतियार र गोला-बारूदहरू कुन उदेश्यले कुन मानिसहरूले लुकाएर राखेका थिए। क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा बनाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा