मोदी सरकारको एघार वर्षः बंगालमा भाजपाको ‘गरीब कल्याण’ योजनाहरूको प्रचार गर्ने योजना
मोदी सरकारको एघार वर्षः बंगालमा भाजपाको ‘गरीब कल्याण’ योजनाहरूको प्रचार गर्ने योजना


कोलकाता, 5 जून (हि.स.)। मोदी सरकारको एघार वर्षको कार्यकाललाई लिएर एकातिर देशभरि नै भाजपा उत्सवको मुडमा छ भने अर्कोतिर पश्चिम बंगाल भाजपाले यी एघार वर्षको अन्तरालमा गरीबहरूको सशक्तिकरण एवं समावेशी विकासको प्रचार गर्ने योजना बनाएको छ।बंगाल भाजपाकानेताहरूले विशेष रूपमा केन्द्र सरकारका योजनाहरूलाई राज्यका गरीब एवं पछौटे वर्गसम्म पुऱ्याउने आवश्यकतामाथि बल दिए।

पश्चिम बंगाल भाजपा अध्यक्ष सुकान्तमजुमदारले भने,“पश्चिम बंगालकाकरोड़ौं मानिसहरूलाई मोदी सरकारका योजनाहरूको सोझो लाभ प्राप्त भएको छ। कहिल्यै ब्यांक खाता नभएका मानिसहरूले पनि आज डिजिटल ट्रान्जेक्शन गरिरहेका छन्, जसको घरमा दाउराको चुला थियो आज त्यहाँ एलपीजी पुगेको छ।”

राज्य भाजपाले दाबी गरेको छ, बंगालमा जनधन योजना अन्तर्गत करोड़ौं मानिसहरूले ब्यांकको मुख्यधारामा प्रवेश गरे। आयुष्मान भारत योजना अन्तर्गत लाखौं मानिसहरूले उपचार पाउनेथिए, तर राज्य सरकारको राजनीतिको कारणले उनीहरू यसबाट वञ्चित भएका छन्।

भाजपा नेताहरूले बताए, प्रधानमन्त्री आवास योजना अन्तर्गत बंगालमा लाखौं आवश्यकतामा परेका परिवारहरूलाई पक्का घर प्राप्त भएको छ भने उज्जवला योजना अन्तर्गत महिलाहरूलाई एलपीजी कनेक्शन प्रदान गरिएकोले स्वास्थ्य अनि स्वच्छता दुवैमा सुधार आएको छ।

राज्य भाजपा प्रवक्ता समिक भट्टचार्यले भने,“केन्द्रकायोजनाहरूलाई राज्य सरकारले अवरोध नगरेको भए आज बंगालमा गरीबहरूको अवस्था अझ राम्रो हुनेथ्यो। तृणमूल सरकारलेराजनीतिक कारणहरूले गर्दा यी योजनाहरूको क्रियान्वयनमा अवोरध सृजना गरिरहेको छ।”

भाजपा नेताहरूले बताए, जल जीवन मिशनको माध्यमबाट राज्यका ग्रामीण क्षेत्रहरूमा लाखौं घरसम्म कलबाट जल पुगेको छ भने डीबीटी सिस्टमबाट भ्रष्टाचारमा कमी आएको छ। लाभार्थीहरूलाई सोझै लाभ प्राप्त भइरहेको छ। अब यी सबै योजनाहरूको प्रचार-प्रसार व्यापक रूपमा गरिनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande