नयाँ दिल्ली, 05 जून (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले 190 करोड़ रूपियाँको कथित ब्याङ्क ऋण धोकाधड़ीसित सम्बन्धित मनी लन्ड्रिङको एक मामिलामा दिल्ली, उत्तर प्रदेश र हरियाणामा 10 ठेगानामा छापा मारेको छ। यो मामिला श्री सिद्धदाता इस्पात प्राइवेट लिमिटेडसित सम्बन्धित छ। कम्पनीमाथि उसले ब्याङ्क अफ बड़ौदा (पहिले देना ब्याङ्क) को साथ धोकाधड़ी गरेको आरोप छ।
आधिकारिक सूत्रहरू अनुसार, ईडीका अधिकारी दिल्ली, उत्तर प्रदेशको गाजियाबाद र नोएडा तथा हरियाणाको पानीपतमा कम्तीमा 10 ठाउँ छापा मारेको छ। यी ठेगानाहरू कम्पनीसित जोड़िएका निदेशकहरू, प्रमोटरहरू, साझेदारहरू, अडिटरहरू र अन्य षड़यन्त्रकर्ताहरूसित सम्बन्धित छ।
श्री सिद्धदाता इस्पात प्राइवेट लिमिटेड कम्पनीले स्टील उत्पादहरूको निर्माण गर्दछ। यद्यपि, प्रमोटरहरूसित उनीहरू विरूद्ध ईडीको कारबाहीमाथि टिप्पणीको निम्ति तुरन्तै सम्पर्क गर्न सकिएन। यस मामिलामा कम्पनीका निदेशक, प्रमोटर्स र कम्पनीका प्रबन्धनमा शीर्षमा बसेका अधिकारीहरू जाँचको मुख्य घेरामा छन्।
हिन्दुस्थान समाचार / भवानी थामी