गान्तोक, 05 जून (हि.स.)। विश्व पर्यावरण दिवसको अवसरमा आज मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा परिकल्पना गरिएको राष्ट्रव्यापी पहल 'एक पेड माँ के नाम' अन्तर्गत आफ्नी आमाको सम्मानमा वृक्षारोपण गरे। यस अघि मुख्यमन्त्रीले आफ्नी आमा धनमाया तामाङबाट आशीर्वाद लिएका थिए, जसलाई उनी आफ्नो शक्तिको स्तम्भ र आफ्नो जीवनमा एक मार्गदर्शक प्रकाशको रूपमा मान्छन्।
आफ्नी आमाको नाममा बिरुवा रोप्ने प्रतीकात्मक कार्य उनीप्रति एक सम्मान मात्र थिएन, तर प्रकृति र मातृत्वबीचको सम्बन्धको पुन: पुष्टि पनि थियो।
यस अवसरमा मुख्यमन्त्रीले भने, 'मलाई जीवन दिने, पालनपोषण गर्ने र आज म जस्तो छु त्यस व्यक्तिलाई आकार दिने आमाको नाममा रूख समर्पण गर्नुमा गहिरो सन्तुष्टि मिल्छ। उहॉंसँग बिताएका हरेक क्षण निःशर्त प्रेम र न्यानोपनको सम्झना हो, र आज, त्यो प्रेमले बिरुवाको रूपमा जरा गाडेको छ, जुन भावी पुस्ताका लागि कृतज्ञता, जीवन र आशाको प्रतीक पनि हो।'
उल्लेखनीय छ, राजधानी छेउ देवरालीस्थित नामग्याल इन्स्टीट्यूट अफ् टिबेटोलोजी परिसरमा आज राज्यस्तरीय विश्व पर्यावरण दिवस पालन गरियो। कार्यक्रममा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए। यस अवसरमा मुख्यमन्त्रीले आफ्नी आमाको उपस्थितिमा उनको नाममा बिरुवा लगाए।
हिन्दुस्थान समाचार / बिशाल